गोकुल बाँस्कोटा भन्छन् – ‘ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादले थप उग्र रुप लिँदै गएको छ। केहि महिना साम्य भएको नेकपा भित्रको विवाद मन्त्रिपरिषद पुनर्गठन, कर्णाली विवाद र भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमण पश्चात थप पेचिलो बन्दै गएको हो।

पछिल्लो समय नेकपा फुट्ने सङ्घारमा रहेको चर्चा पनि चलिरहेको छ। ओली स्वयम्ले सल्लाहमै पार्टी फुटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएको कुरा समेत बाहिर आएको छ। नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकता खतरामा परेको भन्दै नेकपाका विभिन्न नेताहरु यति बेला एकता जोगाउन लागि परेका छन्।

यसै बीच ओली निकट मानिने नेकपा सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा भने नेकपा फुट्ने हल्लालाई बेकार भन्छन्। उनका अनुसार नेकपा भित्र देखिएको विवाद देखि समयमै समाधान हुन्छ।

नेकपा फुट्ने चर्चा चलिरहेरका बेला बाँस्कोटाले एक ट्वीट गर्दै नेकपा भित्रको विवाद सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङ्कट नभएको हुँदा छिट्टै समाधान हुने बताएका हुन्।

“सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।”,ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन्।

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७०९:४८

राम्रोसँग बोल्न नसक्ने बालिकालाई बन्धक बनाएर बलात्कार