भोलि कार्तिक १८ गते मंगलबार, कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बोलीमा संयमित हुनुहोस्, अन्यथा कसैसँग वाद-विवाद वा मनमुटाव हुनसक्छ। अनावश्यक खर्च बढ्नाले आर्थिक पक्ष कमजोर हुनेछ। आर्थिक मामिलामा होशियार रहनुहोस्। परिवारका सदस्यसँग कुनै विषयमा मदभेद हुनसक्छ। स्वास्थ्य सामान्य रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईं आज वित्तीय जिम्मेवारीहरूमा ध्यान दिनुहुन्छ र यसलाई व्यवस्थित गर्न सक्षम हुनुहुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। मनोरन्जन, सौन्दर्य प्रसाधन, गहना आदिमा खर्च हुनेछ। परिवारसँग आनन्दमय समय बित्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आवेश र उग्रताको कारण कसैसँग झगडा नहोस्, यसको ख्याल राख्नुहोस्। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। विशेष गरी, आँखा सम्बन्ही समस्याले सताउन सक्छ। आय कम र खर्च अधिक हुनेछ। परिवारका सदस्यहरूसँग कलह हुने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रोजगार र व्यवसायमा नाफाका संकेतहरू देखिन्छन्। साथीहरूसँग अनंदम्य समय बिताउन सकिनेछ। आयका स्रोतहरु बढ्नेछन्। आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। वित्तीय योजनाहरु पनि सफलतापूर्वक सम्पन्न हुनेछन्। रमणीय यात्राको सम्भावना रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कार्यक्षेत्रमा उच्च अधिकारीहरूमा तपाईंको कामको सकारात्मक प्रभावबाट प्रसन्न हुनेछन्। उच्च मनोबल तथा पूर्ण विश्वासका साथ आफ्नो काम समाप्त गर्न सक्नुहुनेछ। भूमि, सवारी साधन, सम्पत्ती सम्बन्धी कामका लागि दिन अनुकूल रहनेछ। बुबाबाट लाभ मिल्ने सम्भावना देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक थकान तथा मानिस स्फूर्तिको कमी अनुभव हुनेछ। कार्यक्षेत्र वा व्यापार क्षेत्र्मा सहकर्मीहरू र उच्च अधिकारीहरूको व्यवहार नकारात्मक रहन सक्छ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अनावश्यक वाद-विवादमा नपर्नुहोला। क्रोध तथा वाणीमा संयम राखुहोस्। शत्रुसँग सावधान रहनुहोस्। तपाईंको स्वास्थ्यको ख्याल राख्नुहोस् आकस्मिक धन लाभ हुने सम्भावना छ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। कार्यक्षेत्रमा पनि परिस्थिति अनुकूल नरहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यस दिन तपाईंको लागि मनोरञ्जनको दिन हो। साथीहरूसँग भोज वा पिकनिक दिन उत्तम तरिकाले बित्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने देखिन्छ। व्यापार व्यवसाय बिस्तार हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

घरको वातावरण रमाइलो हुनेछ। तपाईं शारीरिक स्वस्थ र मानसिक रूपले प्रसन्न महसुस गर्नुहुनेछ। कार्यक्षेत्र तथा व्यापार व्यवासय क्षेत्रमा समय अनुकूल रहनेछ। माइती पक्षबाट शुभ समाचार मिल्नेछ। प्रतिस्पर्धीहरु पराजित हुनेछन्। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यस दिन तपाईं शारीरिक आलस्य तथा थकानका कारण अस्वस्थ महसुस गर्नुहुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारी तपाईंको कामसँग सन्तुष्ट रहने छैनन्। सान्तानको स्वास्थ्य बिग्रन सक्छ। व्यापार व्यवसाय क्षेत्रमा यस दिन प्रतिकूल रहने देखिन्छ। मानसिक तनाब बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सामाजिक क्षेत्रमा अपमान हुनसक्छ, सजग रहनुहोला। घर-जग्गा तथा सम्पत्तीसँग सम्बन्धित काममा सावधान रहनुहोला। आमाबाट फाइदा मिल्नेछ। आर्थिक हिसाबले दिन अत्यन्त शुभ रहनेछ, विद्यार्थी वर्गको लागि दिन अनुकूल रहनेछ। स्वास्थ्य बिग्रन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

महत्त्वपूर्ण निर्णयहरू लिनको लागि दिन शुभ रहनेछ। रचनात्मक शक्ति बढ्नेछ। मित्रहरुसँग रमणीय यात्राको योग बन्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। दाजु-भाईसँगको सम्बन्ध मजबूत हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

प्रकाशित : सोमबार, कार्तिक १७, २०७७१८:३४

नोभेम्बर महिना कुन राशिलाई कति शुभ ? हेर्नुहोस् मासिक राशिफल !