कोरोनाले मृत्यु भएको ५ महिनापछि गाडेको शव उत्खनन‍् गरी दाहसंस्कार !

अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृ-त्यु भएकाको एकजनाको श-व गाडेको ५ महिनापछि उत्खनन् गरेर दाहसंस्कार गरिएको छ। हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्न नपाएको भन्दै परिवारले श-व उत्खनन् गरेर विधिपूर्वक दाहसंस्कार गरेका हुन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका-४ का ५७ वर्षीय यमप्रसाद खनालको जेठ २८ मृ-त्यु भएको थियो । मृ-त्यु’पछि उनमा कोरोना संक्रमण देखिएको थियो। बुटवलमा उपचार गरेर फर्कने क्रममा उनको बाटोमै मृ-त्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ​

सोमबार खनालको श-वको हिन्दु परम्पराअनुसार अन्त्येष्टि भएको उनका परिवारले जनाएका छन् । त्यति त्यतिबेला, कोरोना पोजेटिभ देखिएपछि श-व व्यवस्थापनबारे विवाद भएको थियो। गाउँपालिकाको अनुमतिमै श-व उत्खनन् गरेर अन्तिम संस्कार गरिएको परिवारले बताएको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७११:५१

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षाको सम्भावना