एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री पीपीई सहयोग गरेको छ।
मंगलबार एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई करिब १ करोड ६२ लाख रुपैयाँ बारबारको स्वास्थ्या सामग्री उपलब्ध गराएकी हुन्।
समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा उक्त स्वास्थ्या सामग्री उपलब्ध गराइएको कार्यकारी निर्देशक माथेमाले बताइन्। कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य भएकाले अभाव हुन नदिन संस्थाले पीपीई सहयोग गरेको उनले जानकारी दिइन्।