युएईमा प्रयोग गर्न थालियो कोरोना भ्याक्सिन: युएईका प्रधानमन्त्रीले समेत लगाए !

एजेन्सी – युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन्। शेख मोहम्मदले मंगलबार कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका हुन्।

कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएको बारे उनले ट्वीटर मार्फत जानकारी गराएका छन्। ट्वीटर मार्फत खोप लगाउँदै गरेको उनको तस्विर समेत सार्वजनिक भएको छ। कोरोना भाइरस संक्रमण विरुद्धको खोप युएईका सबै नागरिकलाई उपलब्ध गराइने उनको भनाई छ।

“हामी सबैको सुरक्षा र स्वास्थ्यको कामना गर्दछौं र हामी हाम्रो टोलीमा गर्व गर्छौं जसले युएइमा खोप उपलब्ध गराउन अथक प्रयास गरेका छन्।युएईमा भविष्य सधैं उत्तम हुनेछ।”,खोप लगाएको बारे जानकारी गराउँदै प्रधानमन्त्री शेख मोहम्मद बिन रसिदले ट्वीटरमा लेखेका छन्।

अन्तराष्ट्रिय संचार माध्यमहरुले दावी गरेअनुसार पछिल्ला केहि हप्ता देखि युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् । कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको बताइएको छ।

युएईका कोरोना भाइरस संक्रमण विरुद्धको खोप प्रयोगमा ल्याइएको थाहा हुन आएपनि कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने बारे भने स्पष्ट पारिएको छैन।

प्रकाशित : मङ्गलबार, कार्तिक १८, २०७७१८:४२

भुक्तानी दाबी गरेका बीमितलाई एक हप्ताभित्र रकम दिइने