जन्मजातै अपांग जन्मिएका छोरा २२ वर्ष पुगेपछि आफ्नै बावुले गरे हत्या !

सांकेतिक तस्विर

काठमाडौँ : दोलखाको शैलुङगेश्वरमा आफ्नै बावुले छोराको हत्या गरेका छन्।

जन्मजात अपांगता (कान नसुन्ने) साथै स्मरण शक्ति सुस्त रहेका २२ वर्षीय वेदबहादुर केसीको आफ्नै बावु चुडाबहादुर केसीले गत वैशाख २ गते हत्या गरेका हुन्।

कमजोर मनस्थिति रहकाले जताततै फोहोर गर्दै हिँडने वेदबहादुरले सोहि दिन घरमै फोहोर गरेको भन्दै अगेवमा आएका बावु चुडाबहादुरले ह्याम्मर प्रहार गरेकोमा उनको घटनास्थलमै मृत्यु भएको र त्यसपश्चात शव ब्ल्यांकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फलेको खुल्न आएको जिल्ला प्रहरीका इन्सपेक्टर रेसम बोहोराले जनाकारी दिए।

उनका अनुसार गत वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन् । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।

प्रकाशित : बिहिबार, बैशाख १२, २०७६१५:०९

विप्लब समूहबाट नाम हटाउन निवेदन !