पुण्य गौतम पक्राउ

काठमाडौँ – आफूलाई नेपाल कम्युनिष्ट पार्टीको नेता बताउने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण अगाडी प्रहरीले गौतमलाई पक्राउ गरेको हो।

 

गौतमले नरवणेलाई ‘कालो झण्डा देखाउने’ चेतवानी दिएका थिए। गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उपत्यकामा उच्च सुरक्षा सतर्कता !

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्  ।

सीमा विवादका बेला विवादास्पद अभिव्यक्ति दिएका उनको भ्रमणमा विरोध प्रदर्शन हुन सक्ने भएकाले उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नुहुनेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुन् ।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७०९:१५

जुवाको खालबाट गोरु व्यापारीसहित ६ जुवाडे पक्राउ