मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विचारहरूको अस्थिरताले तपाईंलाई भ्रमपूर्ण स्थितिमा पार्न सक्छ। रोजगार तथा व्यवसायको क्षेत्रमा प्रतिस्पर्धी वातावरण हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन छ। रमणीय यात्राको योग बन्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
लेखकहरू, कारीगरहरू, कलाकारहरूले उनीहरूको सीप प्रदर्शन गर्ने अवसर पाउनेछन्। तपाईंको मधुर बोलीको कारण अरु आकर्षित हुन्छन्। नयाँ काम सुरु गर्नका लागि दिन राम्रो छैन। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा परिस्थिति सोचे जस्तो अनुकूल नरहला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको लागि यस दिन लाभदायक साबित हुनेछ। साथीहरू र आफन्तहरूको साथ स्वादिष्ट एवम उत्तम भोजनको आनन्द लिने मौका मिल्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। दाम्पत्य जीवन सुखमय रहनेछ। आनन्दमय यात्राको आयोजना हुनसक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव गर्नुहुनेछ। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। खर्चमा वृद्धि हुनेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम छैन।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यस दिन तपाईंले विभिन्न प्रकारका लाभ प्राप्त गर्नुहुनेछ। साथी-भाई तथा स्त्री वर्गबाट लाभ मिल्ने सम्भावना रहेको छ। रोजगार तथा व्यवसायमा पदोन्नति र आय वृद्धिको योग देखिन्छ। पुत्र तथा पत्नीबाट लाभ मिल्नेछ। दाम्पत्य जीवनमा निकटता बढ्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ कार्यहरू सुरु गर्नको लागि योजनाहरू कार्यान्वयन गर्न उत्तम दिन छ। व्यापारमा लाभ हुनेछ। पदोन्नतीको योग रहेको छ। परिवारमा रमाईलो वातावरण रहनेछ। बुबाबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी क्षेत्रबाट लाभ प्राप्त हुने देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
लामो दूरीको यात्रा वा धार्मिक यात्राको योग रहेको छ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। कार्यक्षेत्रमा परिस्थिति प्रतिकूल रहनेछ। खर्चको मात्र बढ्नेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। खानपानमा विशेष ध्यान दिनुहोला। चोटपटक लाग्ने तथा दुर्घटनाको योग रहेकोले सावधान रहनुहोला। नयाँ सम्बन्ध स्थापना हुनेछ। अनैतिक कार्य गर्नबाट बच्नुहोस्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बौद्धिक, तार्किक, विचार विनिमय र लेखन कार्यको लागि शुभ दिन छ। स्वस्दिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विपरित लिंगीप्रति आकर्षण बढ्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। वैवाहिक जीवन सुखमय रूपले बित्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यापार व्यवासय बिस्तार हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। परिवारमा सुख-शान्तिमाया वातावरण रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। स्वास्थ्य राम्रो रहनेछ। अधुरा कार्य पूरा हुनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। पेट सम्बन्धि समस्याले सताउन सक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। मानसिक तनाब बढ्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ। धनहानि हुने सम्भावना रहेको छ। पानी र स्त्री वर्गबाट यस दिन सावधान रहनुहोला। सामाजिक क्षेत्रमा अपमान हुनसक्छ, सजग रहनुहोला।