‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखिएको बेलुन आकाशमा ! [भिडियो सहित]

काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपाल आउँदा विरोध प्रदर्शन भएको छ।

कालापानी-लिपुलेक विवादमा नेपाललाई चीनले चालेको भनेर विवादास्पद अभिव्यक्त दिएका नरवणेको नेपाल भ्रमणको विरोधमा माइतीघर मण्डलामा २१ वटा साना संघ, संगठनले कालो झण्डासहित प्रदर्शन गरेका हुन्।

माइतीघर मण्डलामा जम्मा भएर १ वटा साना संघ, संगठनले कालो झण्डासहित नरवणेको विरोधमा नारावाजी गरे। प्रदर्शनमा सहभागीहरुले ‘गो ब्याक इन्डिया’, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर’ लगायतका नारा लगाएका थिए।

यस्तै नरवणेको नेपाल भ्रमण रद्द गर्न माग गर्दै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पनि विरोध प्रदर्शन गरेको छ। मोर्चाले ‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखेको ब्यानर सहित आकाशमा कालो बेलुन उडाएर विरोध गरेको हो।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि काठमाडौँ आइसकेका छन्। नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ । सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुनेछ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति छन् । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको नेपाली सेनाले जानकारी दिएको छ ।

स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्राँै बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । उनको सम्मानमा बिहीबार नै जङ्गी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्नेछन् ।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७१४:४०

मैले राजीनामा दिए देश बर्बाद हन्छ – ओली