नेपालमा कोरोना संक्रमणका कारण अहिले सम्मकै बढीको मृत्यु, मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी !

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३० जना कोरोना संक्रमितको मृ-त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ३० जनाको ज्यान गएको जानकारी दिएका छन्।

योसँगै हालसम्म कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या १ हजार ३४  पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ८७८ जना सहित देशभर ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकामध्ये काठमाडौंका मात्र १५७० जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३  पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जना कोरोना मुक्त भएको छ। जससँगै कोरोनामुक्त हुनेको सङ्ख्या १ लाख ४४ हजार ९७८  पुगेको छ । हाल देशभर ३६ हजार ९११ जना सक्रिय सङ्क्रमित रहेका छन्।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७१६:५०

पुरुषलाई छिटै आकर्षित गर्छन् यी ३ राशिका महिला ..