हालान्ड रियल म्याड्रिड नभई यस क्लब जाने, पूर्वक्लबका प्रमुखले गरे यस्तो खुलासा !

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड अष्ट्रियाको साल्जबर्गबाट बोरुसिया डर्टमुन्ड पुगेको एक वर्ष पनि भएको छैन। तर, पनि उनले जर्मनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

साल्जबर्गमा हुँदै नै उत्कृष्ट प्रदर्शन गरेर युरोपका ठूला क्लबहरुको ध्यान तानेका हालान्ड माथि अहिले पनि ठूला क्लबहरुको नजर छ। उनी माथि विशेषतः स्पेनिस महारथी रियल म्याड्रिडले चासो राखेको बताइन्छ।

हालान्ड रियल नै जान सक्ने अनुमान धेरैले गरेपनि उनको पूर्वक्लब साल्जबर्गका प्रमुख क्रिस्टोफ फ्राउन्ड भने हालान्ड रियल नभई लिभरपुल जाने विश्वास गर्छन्। विश्वका जुन सुकै कल्बमा रहेर खेल्ने क्षमता भएका हालान्ड लिभरपुल जानसक्ने उनको अनुमान छ।

“उनी विश्वको कुनै पनि क्लबका लागि खेल्न सक्छन्। उच्च मानसिकता, आत्मविश्वास र उच्च खेल क्षमताका कारण उनले आउने १० वर्ष फुटबलमा राज गर्नेछन्।”,फ्राउन्ड भन्छन्,”तर मलाई जहाँ सम्म थाहा छ, उनी लिभरपुल जानेछन्।” बोरुसिया डर्टमुन्ड युरोपको शिर्ष १० क्लब भित्र पर्ने भएपनि हालान्ड अझ राम्रो क्लबमा जाने र त्यो लिभरपुल हुन सक्ने उनको भनाई छ।

अष्ट्रियाको साल्जबर्गबाट सन् २०२० को शुरुवातमा डर्टमुन्ड आएका थिए। त्यसयता उनले क्लबको लागि २७ खेलबाट २४ गोल गरिसकेका छन्।

प्रकाशित : बुधबार, कार्तिक १९, २०७७१९:०१

हालान्ड र हाजार्ड चम्कदा डर्टमुन्डको सानदार जित