हार्ने पक्का भएका ट्रम्पमाथि ग्रेटाको प्रहार – ‘चिल डोनाल्ड, चिल !’

एजेन्सी – अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणनामा राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पछि परेका छन्।

मतगणनामा पछि परेसँगै उनले मतगणनामा धाँधली भएको आरोप लगाइरहेका छन्। मात्रै केहि राज्यको मतपरिणाम आउन बाँकि रहेको अवस्थामा ट्रम्पले विभिन्न बखेडा झिक्ने काम गरिरहेका छन्। ट्रम्पले विभिन्न राज्यमा मतगणना रोक्न भन्दै अदालती प्रक्रिया समेत शुरु गरेका छन्।

मतपरिणाम आउनु अगाडी नै जितको घोषणा गरेर विवादमा परेका ट्रम्प पछिल्लो समय ट्वीटरमा आक्रोश पोखिरहेका छन्। ट्वीटरमा अनेक आक्रोश पोखिरहेका ट्वीटर माथि जलवायु परिवर्तन रोक्न अभियान चलाएकी स्वीडेनकी किशोरी ग्रेटा थन्बर्गले ट्रम्प माथि गरेको व्यंग्य यति बेला चर्चामा छ।

थन्बर्गले आफूलाई व्यङ्ग्यात्मक प्रहार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ११ महिनापछि उस्तै जवाफ फर्काएकी छन्। ट्रम्पले ट्विटरमा मतगणना रोक भन्ने पोष्टलाई रिट्वीट गर्दै व्यङ्ग्यात्मक प्रहार गरेकी हुन्।

थन्बर्गले ट्रम्पलाई क्रोध व्यवस्थापनसम्बन्धी समस्यामा काम गर्न सुझाव दिनुका साथै एक साथीसँग पुरानो शैलीको राम्रो फिल्म हेर्नु भन्दै व्यङ्ग्य पनि गरेकी छन्।

“धेरै हास्यास्पद ! डोनाल्डले आफ्नो क्रोध व्यवस्थापनसम्बन्धी समस्यामा काम गर्नु पर्छ, त्यसपछि एक साथीसँग पुरानो शैलीको राम्रो फिल्म हेर्न जानुहोस् ! चिल डोनाल्ड, चिल!”,ट्रम्प माथि थन्बर्गको प्रहार छ।

प्रकाशित : शुक्रबार, कार्तिक २१, २०७७१९:३८

“देशलाई संघीयता खाँचो नै थिएन”