‘ओलीको विकल्प खोज्ने समय आयो’

काठमाडौँ – नता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको विकल्प खोज्ने समय आइसकेको बताएका छन्।

यादवले शनिबार सामाजिक संजाल मार्फत सरकार असफल भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने समय आइसकेको बताएका हुन्।

सरकारले देशमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नसकेको र जिममेवारीबाट भागेको यादवको आरोप छ। संकटको घडीमा सरकारले आफ्नो हात झिक्नु र पीसीआरसम्मको परीक्षण पनि निःशुल्क गराउन नसक्नुलाई यादवले गैरजिम्मेवार भनेका छन्।

” COVID – 19 जस्ताे महामारी फैलिएको जनता संकटमा परेको सक्रमित र मृत्युको संख्या तिब्र गतिमा अघि बढ्ने क्रममा रहेको यस घडीमा नेपाल सरकार आफनो जिममेवारीपूर्वक कार्य नगर्नू , दायित्व र कर्तव्य पनि पुरा नगर्ने , यस्ताे सङ्कटको घडीमा सरकारले आफनो हात झिक्नु र PCR Test सम्म पनि निशुल्क गर्न / गराउन नसक्ने, आफ्नो जीवन रक्षा आफैं गर भन्नु , सरकारले सक्दैन भन्नु जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनु, के नेपालमा जनताका लागि यो सरकार हैन र ?”,यादवले फेसबुकमा लेखेका छन्।

आफू असफल र असक्षम सिध्द भइसकेपछि पनि किन सरकारमा बसिरहनु भनि प्रश्न गर्दै अध्यक्ष यादवले अब जनता नै सचेत हुन जरुरी छ र त्यसको विकल्प खोज्ने बेला आएको बताएका छन् ।

“के पी ओली सरकारको के काम ? आफु असफल र असक्षम सिध्द भई सकेपछि पनी कीन सरकारमा बसिरहनु ? यस्ता प्रश्नहरू को जवाफ सत्तारूढ कम्युनिष्ट पार्टीले दिने की न दीने ? अब जनता नै सचेत हुन जरुरी छ। बिकल्प खाेज्ने बेला आएको छ।”,फेसबुकमा यादवले थप लेखेका छन्।

 

प्रकाशित : शनिबार, कार्तिक २२, २०७७१६:४७

घोडाबाट लडेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते !