ग्रहहरुको राजा सूर्य नोभेम्बर १६ को दिन आफ्नो नीच राशि तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ। वृश्चिक राशि सूर्य भगवानको मित्र राशि हो। यस राशिमा सूर्य देवको फल लाभदायक हुनेछ। तर केहि राशिमा सूर्यको यस गोचरको नकारात्मक प्रभाव पर्नेछ। जान्नुहोस् वृश्चिक राशिमा सूर्यको प्रवेशले सबै १२ राशिमा के असर पार्नेछ।
मेष राशि
तपाईं यो समयमा एकदम सावधान हुन आवश्यक छ। यससँगै, तपाईं यस अवधिमा ऋण लिन वा दिनबाट जोगिनु पर्छ।
वृष राशि
वैवाहिक जीवनमा जीवनसाथीसँग मतभेद हुनसक्छ। व्यापार-व्यवसाय क्षेत्रमा विभिन्न समस्या आउनसक्छ।
मिथुन राशि
तपाईं शत्रुहरूमाथि प्रभुत्व जमाउनुहुनेछ। यस अवधिमा राम्रो समाचार प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ।
कर्कट राशि
सूर्यको गोचर तपाईंको लागि अशुभ साबित हुनसक्छ। यस अवधिमा सोचविचारका साथ काम गर्नु उत्तम हुन्छ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम जीवनमा समस्या आउनसक्छ।
सिंह राशि
यस अवधिमा तपाईंको मानसिक चिन्ता बढ्न सक्छ। कार्यक्षेत्रमा स्थानान्तरणको योग बन्ने देखिन्छ।
कन्या राशि
कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना रहेको छ। मित्र र सहकर्मीहरूको साथ सहयोग मिल्नेछ। सुखद यात्राको योग रहेको छ।
तुला राशि
प्रियजनहरूलाई भेट्न सक्नुहुन्छ। आर्थिक समस्याले सताउन सक्छ। परिवारका सदस्यहरूबीच मतभेद हुन सक्ने सम्भावना छ।
वृश्चिक राशि
अपव्यय तथा मानिसक तनावको समान गर्नुपर्नेछ। वैवाहिक जीवनमा पनि समस्याहरू आउन सक्छ।
धनु राशि
खर्च अधिक हुनेछ, जसको कारणले तपाईंको वित्तीय पक्ष कमजोर हुन सक्छ। धनहानि हुने सम्भावना रहेको छ।
मकर राशि
तपाईं सामाजिक क्षेत्रमा सक्रिय हुनुहुनेछ। स्वास्थ्य राम्रो रहनेछ। यदि तपाईं कुनै रोगबाट ग्रस्त हुनहुन्छ भने पनि स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ राशि
आफ्नो नीच राशिमा सूर्यको प्रभाव राम्रो हुनेछैन। यस अवधिमा तपाईं कानुनी समस्याको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले कानुनी मामिलामा ध्यान राख्नुहोस्।
मीन राशि
सूर्यको गोचर तपाईंको लागि लाभदायक भन्न सकिदैन। यस अवधिमा यात्रा गर्नु शुभ हुनेछैन।