जब ऋषि कपूरले गुजराती फिल्म चाल जीवी लैये देखे उनलाई यो फिल्म यति मनपर्यो कि उनले यस फिल्मलाई हिन्दीमा पुनः रिमेक गर्न राजी भए। यो एक बुबा छोरा कथा हो। छोरो दिन रात काम गरिरहन्छ। उसको बुबा गम्भीर बिरामी पर्छन्। बुबाको अन्तिम इच्छा पूरा गर्नको लागि बुबा-छोरा दुबै एक यात्रामा जान्छन्। फिल्म गुजरातीमा ब्लकबस्टर साबित भएको थियो।
ऋषि कपूर यस फिल्मको हिन्दी रीमेक बनाउन चाहन्थे जसमा उनी र उनका छोरा रणबीर कपूरले मुख्य भूमिका निभाउन्। उनले रणबीरलाई पनि फिल्म गर्न मनाइ सकेका थिए।
फिल्मको निर्माण कम्पनीका सीईओ रितेश ललनका अनुसार लकडाउन भन्दा अगाडीसम्म उनी र ऋषि कपूर बीच यस बारे वार्ता भएको थियो। यसै बीचमा, लकडाउन भयो र कुराकानी रोकियो। त्यसपछि, ऋषि कपूर संसारबाट नै बिदा भए र उनको अन्तिम इच्छा पनि उनीसँगै खतम भयो। फिल्म बारे रणबीर कपूरसँग पछि कुनै कुराकानी भएन।
रितेशका अनुसार यदि वास्तविक जीवनका बुबा-छोरा फिल्ममा पनि बाबु-छोराको भूमिका निभाएका भए दर्शकहरू फिल्मसँग सिधा जोडिन्थे। तर अब यो असम्भव भएको छ। ऋषि र रणबीर दुबैलाई उत्कृष्ट कलाकारहरुमा गणना गरिन्छ।
ऋषि र रणबीरले यसअघि एकसाथमा ‘बेशरम’ फिल्म गरेका थिए जुन बक्स अफिसमा असफल भएको थियो।