मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
क्रोध तथा वाणीमा संयम राख्नुहोला। तपाईं मानसिक थकान महसुस गर्नुहुनेछ। अधिक मेहनतको तुलनामा सफलता कम मिल्नेछ। सन्तानको विषयमा चिन्ता रहनेछ। कार्यक्षेत्रमा कार्यभार अत्याधिक रहनेछ। सरकारी काममा सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखा पर्नसक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईं कुनै काम उच्च मनोबल तथा आत्म-विश्वासका साथ गर्नुहुनेछ र यसमा सफलता पनि पाउनुहुनेछ। तपाईं बुबाबाट लाभ उठाउन सक्नुहुनेछ। विद्यार्थीहरू सिक्नमा रुचि राख्नेछन्। सरकारी काममा आर्थिक सफलता मिल्ने सम्भावना छ। खर्चको मात्र बढ्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ कार्य तथा योजना सुरु गर्नका लागि दिन शुभ छ। सरकारी लाभ र उच्च अधिकारीहरूबाट कामको उचित फल मिल्नेछ। वैचारिक रूपमा परिवर्तनको सम्भावना बढी छ। आर्थिक मामिलामा होशियार हुनु जरुरी छ। परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक र मानसिक अस्वस्थताको अनुभव हुनेछ। मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ। विद्यार्थीहरूले अभ्याषको अपेक्षित नतिजा प्राप्त गर्दैनन्। अनैतिक प्रवृत्तिबाट टाढा रहनुहोस्। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ, सजग रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। बुबा तथा अग्रजबाट लाभ मिल्ने सम्भावना रहेको छ। सामाजिक प्रतिष्ठा बढ्न सक्छ। वाणी तथा क्रोधमा संयम राख जरूरी देखिन्छ। स्वास्थ्य बिग्रन सक्छ। क्रोधको मात्रा उच्च रहनाले समस्या पैदा हुनसक्छ, सतर्क रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक थकान र मानसिक तनाव अधिक रहनेछ। स्वभावमा आवेश र क्रोधको मात्रा अधिक हुनेछ। धार्मिक कार्यहरूमा धन खर्च हुनेछ। तपाईंको स्वास्थ्यको ख्याल राख्नुहोस्। आकस्मिक धन खर्च हुनसक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
महिला साथीहरूसँग रमणीय भेटघाट हुनसक्छ। विभिन्न क्षेत्रमा लाभ मिल्नाले तपाईं प्रशन्न रहनुहुनेछ। आयमा वृद्धि हुने देखिन्छ। साथी-भाईबाट पनि लाभ मिल्ने सम्भावना छ। रमणीय यात्राको योग रहेको छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यवसाय क्षेत्रमा वातावरण अनुकूल रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। तपाईंको हरेक काम सफलतापूर्वक सम्पन्न हुनेछ। तपाईंको प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति पनि मिल्न सक्छ। सन्तानको प्रगतिको कारण सन्तुष्टि अनुभव गर्नुहुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभाव हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा केहि अवरोधहरू आउन सक्छन्। कुनै योजना सावधानीपूर्वक आयोजना गर्नुहोस्। प्रतिस्पर्धीहरू र विरोधीहरूसँगको विवादबाट बच्नुहोला। कार्यक्षेत्रमा पनि परिस्थिति अनुकूल नरहला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आकस्मिक खर्चको योग रहेको छ। स्वास्थ्यको कारण पनि खर्च हुनसक्छ। यात्राको योग बन्नेछ। खानपानमा विशेष ध्यान दिनुहोला। क्रोध तथा नकारात्मक विचारहरूमा संयम राख्नुहोस्। काम वा व्यवसायमा अनुकूलता हुनेछ। आफन्तसँग मनमुटाव हुनसक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हरेक कार्य तपाईं उच्च मनोबल तथा आत्म-विश्वासका साथ गर्नुहुनेछ। रमणीय यात्राको सम्भावना छ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ। वाहन सुख प्राप्त हुनसक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंको लागि यस दिन शुभ रहनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। मनोबल तथा आत्म-विश्वास उच्च रहनेछ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। वाणीमा संयम राख्नुहोला। माइती पक्षबाट शुभ समाचार मिल्न सक्छ। कार्यक्षेत्रमा सहकर्मीबाट लाभ मिल्ने सम्भावना छ।