प्राय मानिसहरु जथाभावी रुपमा नोट /पैसाहरु राख्ने गर्छन्। तर यसो गर्नुलाई हिन्दुधर्मग्रन्थहरुले वर्जित गरेको छ। धेरै होस् अथवा थोरै, आखिरमा धन सम्पति भनेको धन सम्पति नै हो। त्यसैले यसलाई जथाभावी रुपमा फल्ने या राख्ने गर्नु हुदैन। भनिन्छ धन सम्पतिमा माता लक्ष्मी बास हुन्छ, धार्मिक मुल्य मान्यता अनुसार लक्ष्मीको अपमान गर्नु ठूलो पाप हो । वास्तुशास्त्रका अनुसार पनि यदि अत्यधिक मात्रामा धन सम्पति भएको मानिसको हातमा परेको पैसा बचिरहेको छैन भने उक्त मानिसमा वास्तुसंग सम्बन्धित दोष भएको हुन सक्छ।
नोट गन्दा कहिले पनि गर्न नहुने यी गल्तिहरु;
-घरमा रुपैया पैसा राख्दा कहाँ राख्दा राम्रो हुन्छ त्यसमा पनि विशेष ख्याल राख्नु पर्छ। नोट गन्दा कहिलेपनि हातमा थुक लगाएर गन्नु हुदैन यसो गर्नुलाई अत्यन्तै नराम्रो मानिन्छ र धनको अनादर गरेको जस्तो समेत हुन्छ।
-यदि नोट गन्ने क्रममा असजिलो भएको छ भने थुक लगाउनुको साटो कचौरामा अलिकति पानी राखी औलामा लगाई नोट गन्नु राम्रो हुन्छ।
-कहिलेकाही हातबाट नोट खसेको खण्डमा त्यसलाई हातले उठाई शिरले ढोगेर मात्र पर्समा राख्नु राख्नुपर्छ। यदि यसो नगरेको खण्डमा भविष्यमा आर्थिक समस्या झेल्नु पर्ने धार्मिक विश्वास समेत रहेको छ।
-आफ्नो पैसा राख्ने पर्समा भुलेर पनि खानेकुराहरु राख्ने गर्नु हुदैन।
-राति सुत्ने बेलामा भुलेर पनि पैसालाई आफु सुत्ने सिरानीमुनि राख्नु हुदैन। पैसालाई बिशेष तवरबाट पुजाकोठा या अन्य सुरक्षित स्थानमा राख्नाले धनकी देवी लक्ष्मीको बास हुन्छ भन्ने मान्यता समेत वास्तुशास्त्रमा रहेको छ।