मधुमेहबाट छुटकारा पाउनको लागि यसरी मेथीको प्रयोग गर्नुहोस् [तरिका सहित]

मधुमेह एक स्थायी रोग हो जसमा तपाईंको रगतमा चिनीको मात्रा बढ्छ। र यदि यसको उपचार गरिएन भने यसले तपाईंको मुटु, रक्त वाहिकाहरू, आँखा र मृगौलालाई हानि पुर्‍याउँछ। मधुमेहले ग्रसित व्यक्तिहरूले खानाको बारेमा निकै सचेत हुनुपर्छ। मिठो खाना, पेय जस्ता चिजबाट टाढा रहनु नै उत्तम हुन्छ।

एक डाइबेटिक आहारमा सधैं उच्च फाइबर खाना, कम्प्लेक्स कार्ब र प्रोटीनको सन्तुलन मिश्रण हुनुपर्छ। यस्ता धेरै जडिबुटी र मसलाहरू छन् जसले तपाईंलाई यस रोगसँग लड्न मद्दत गर्दछ। जस्तै, मेथीले तपाईंको शरीरमा बढ्दो चिनीको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।

एक अध्ययन अनुसार १० ग्राम मेथी तातो पानीमा मिलाए पिउँदा टाइप २ मधुमेह नियन्त्रण गर्न सकिन्छ। मेथीको दानामा रगतमा चिनीको मात्रा कम गर्ने शक्ति हुन्छ। यसमा उच्च मात्रामा फाइबर पनि समावेश हुन्छ जसले पाचन क्रिया तेज बनाउँछ।

मेथी पानी कसरी बनाउने त ? 

मेथी पानी बनाउन तपाईंले कडा मेहनत गर्नुपर्दैन। यो धेरै सजिलो छ। राति सुत्नु अघि एकदेखि डेढ चम्चा मेथीको दाना एक गिलास सफा पानीमा भिजाउनुहोस्। बिहान उठ्नुहोस् र यो पानी राम्रोसँग छानेर, त्यसपछि यसलाई खाली पेट पिउनुहोस्।

फाइदा 

यसले रगतमा चिनी स्तर नियन्त्रणमा रहन मद्दत गर्छ। साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत पुर्‍याउँछ। मेथीमा समावेश गालाक्टोमनन् भनिने फाइबरले रगतमा चिनीको अवशोषण कम गर्दछ।

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१७:४३

आफ्नो वजन कन्ट्रोल गर्नको लागि जाडो महिनामा नगर्नुहोस यस्ता ब्रेकफास्ट!