बोट-विरुवा लगाउनु धार्मिक र वैज्ञानिक रूपमा महत्वपूर्ण मानिन्छ। वैज्ञानिक रूपमा बोट-विरुवाबाट हामी प्राणीलाई सास फेर्न आवश्यक अक्सिजन मिल्छ साथै वातावरण पनि सफा रहन्छ। त्यस्तै धार्मिक रूपमा बोट विरुवा घर तथा वातावरणबाट नकारात्मक उर्जा हटाएर सुख समृद्धि लिएर आउँछ। यस्तोमा यी केहि विरुवा घरमा लगायो भने त्यो घरमा कहिले पनि धनको कमि हुँदैन भन्ने मान्यता रहेको छ।
तुलसी

हिन्दु धर्ममा तुलसीलाई निकै महत्व दिईन्छ। तुलसीको विरुवा घरमा लाउनु जरूरी पनि मानिन्छ। यो पनि मानिन्छ कि तुलसीको विरुवा भएको घरबाट नकारात्मक उर्जा र सोच हटेर जान्छ। यस्तोमा तुलसीको विरुवा भएको घरमा नराम्रो शक्तिले प्रवेश गर्न सक्दैन। तुलसीको बोटलाई नारायण प्रिया पनि भनिन्छ। र यो पनि मानिन्छ कि यसमा भगवान विष्णुको बास हुन्छ।
अमला

यदि तपाईंको घरमा अमलाको बोट छ भने तपाईंको घरमा माता लक्ष्मी स्वयम् को बास रहनेछ। किनकि अमलामा भगवान कृष्ण र विष्णुको बास हुन्छ। भगवान विष्णुको साथ माता लक्ष्मीको सधैं तपाईंको घरमा बास हुन्छ। यसको बोट घरको गमला अथवा नजिकै खाली ठाउँमा लगाउन सकिन्छ। यदि यो सम्भव छैन भने अमलाको बोटको चित्र आफ्नो घरको भित्तामा लगाएर पनि लाभ प्राप्त गर्न सकिन्छ।
शमी

शमी विरुवा घरबाट बाहिर निस्किदा दायाँतर्फ पर्ने गरि लगायो भने शुभ हुन्छ। शमीको बोटको पूजा गर्दा घरमा शनिको क्रोध हुँदैन। यस्तै कुनै पनि काममा आउने बाधा हट्नेछ। शमीलाई गणेशको मनपर्ने रूख मानिन्छ। त्यसकारण, भगवान गणेशको पूजा गर्दा, शमी रूखको पातहरू चढाईन्छ।
केरा

केराको रूखमा भगवान विष्णु बस्ने विश्वास गरिन्छ। बिहीबार केराको रूखको पूजा गरे घरमा लक्ष्मीको बास हुने विश्वास गरिन्छ। केराको रूख उत्तरपूर्वी तर्फ घरमा राख्दा राम्रो हुन्छ। यो पनि विश्वास गरिन्छ कि यदि विद्यार्थीहरू केराको रूखको छायामा बसेर अध्ययन गर्दछन् भने तिनीहरूले पाठलाई द्रुत रूपमा सम्झन्छन्।
पारिजात

पारिजातको विरुवाको उत्पत्ति समुन्द्र मन्थनबाट भएको मानिन्छ। उक्त मन्थनमा १४ रत्नको उत्पत्ति भएको थियो। १४ रत्न मध्ये ११औँ रत्न हो पारिजातको वृक्ष। पारिजात देवताको सबैभन्दा प्रिय मानिन्छ। त्यसकारण, जुनसुकै घरमा पनि यो रूख रोपिएको छ, त्यस घरमा सँधै देवीदेवताहरूको वास हुन्छ। यो मात्र होईन, त्यो घरमा कहिल्यै पनि दरिद्रता हुँदैन। यस बोटको सानो सुगन्धित फूलहरूले सम्पूर्ण वातावरणलाई सुगन्धित राख्छ।

