डाइटिङ् गर्दा युवतीहरुमा निसन्तान देखि डिप्रेशन सम्मका समस्या ! हरेक युवतीहरुले थाहा पाउनुस्…

होशियार । डाइटिङ् गर्नाले युवतीमा मुटुरोग देखि निसन्तान र डिप्रेशनको समस्या देखापर्छ । व्यस्त जीवशैलीको कारणले गर्दा अधिकांशले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेका छैन् । विशेषगरी महिलाले आफ्नो घर, अफिस भ्याउनुपर्ने कारणले आफूलाई ध्यान दिनलाई समय पाएका हुदैनन् ।

यसरी समयको अभावको कारणले गर्दा घर, अफिसमा समय बिताउँदै स्वास्थ्यको बारेमा तालमेल मिलाउन सकिदैन् । खासगरी महिलामा पुरुषमा भन्दा जिम्मेवारी बढि हुन्छ । जिम्मेवारीलाई पुरा गर्ने तर्फ लागेर महिलाहरुले आफ्नो स्वास्थ्यमा ध्यान नदिएको पाइएको छ । यसरी स्वास्थमा ध्यान नदिंदा महिलाहरु कम उमेरमै रोगको सिकार बन्न पुग्दछन् ।रोग अचानक देखा नपर्ने कारणले गर्दा लक्षण देखापर्ना साथ सचेत रहने कुरामा ध्यान दिनुपर्दछ । अधिकाशं महिलाको बानी के हुन्छ भने सकिनसकि काम गर्ने र बिरामी भएमा उपचार नगरी निको होस् भन्ने हुन्छ । यहि कारणले गर्दा पछि गम्भिर समस्या उत्पन्न हुन्छ ।अव्यवस्थित जीवनशैलीका कारणले महिलामा मोटोपनाको समस्या सिर्जना हुन्छ । मोटोपना हटाउनको लागी पछिल्लो समयमा धेरै महिलाहरु डाइटिङ् तर्फ आर्कषित भएका छन् । डाइटिङ्को गर्नु राम्रो मानिएता पनि शरीरको सन्तुलन बिग्रन गई धेरै समस्या उत्पन्न हुन्छ । लाइफस्टाइड डिसअर्डले उत्पन्न गराउने समस्या यस्ता छन् ।

१. शरीरमा र अनुहारमा रौं देखापर्नु ।अहिले करिब ४० प्रतिशत महिलामा पोलिस्टिक ओवेरियन सिन्डा«ेमको समस्या रहेको छ । यस्तो समस्याको कारणले गर्दा ओवरिजले राम्रोसगँ काम नगरी शरीर र अनुहारमा रौ बढेर छाला रफ हुन्छ ।

एक सर्वेक्षणको आधारमा ७५ प्रतिशत महिलालाई डिसअडरको समस्या छ, यहि समस्याको कारणले गर्दा ४२ प्रतिशत महिलाहरु मोटोपना, डिप्रेशन, मधुमेह, हाइपरटेन्सनको शिकार बनेका छन् । यस्ता समस्याबाट बच्नको लागी भने किशोर अवस्थाबाट आमाबुवाले छोराछोरी प्रति ध्यान दिन सक्नुपर्दछ ।यसको साथमा व्यायम र मोटोपना नियन्त्रण लगायतका कुरामा विशेष जोड दिनुपर्दछ ।

२. कम उमेरमै मुटुरोग लाग्ने । लाइफस्टाइलको डिसअर्डरले महिलामा हुने अर्को खतरा भनेको मुटुरोग हो । जुन त्रीव रुपमा बढ्दै गएको छ । पछिल्लो समयमा २४ वर्ष उमेरका युवतीलाई पनि मुटुको समस्या देखापर्न थालेको छ । यसको मेन कारण भनेको डाइटिङ् हो । मोटोपनाको कारणले डाइट गर्दा खाना एकदमै कम खान्छन् । आवश्कता भन्दा कम खाँदा एनिमिया कम भई हिमोग्लोविनको मात्रा कम हुन्छ । यसको कारणले गर्दा युवतीमा इन्फेक्सनको समस्या पनि उत्पन्न हुन्छ । यस्ता समस्या एकपछि अर्को हुदै बढ्दै जाने कारणले गर्दा स्वास्थ्यमा नकारात्मक असर देखापरी डिप्रेसन पनि हुन्छ । यसको साथमा टेन्डेन्सी र सुसाइडल आदी समस्या पनि उत्पन्न हुन्छ ।

३. निसन्तानको समस्या महिलामा अहिले भिटामिन डिको कमी देखिन थालेको छ भने मेन्स्टुअल समस्या पनि देखिन थालिएको छ । भिटामिन डिको कमी हुनु भनेको गम्भीर रोगको लाग्ने सुरुवाती देखापर्नु जस्तै हो । शहरी क्षेत्रमा यस्ता मानिसको संख्या अत्याधिक छ । भिटामिन डिको कमीले निसन्तानको समस्या निम्त्याउँछ । त्यसैले जाडोमा बिहानको न्यानो घाममा बस्ने गर्नुपर्दछ । त्यसको साथमा अनियमित महिनावारी, स्तन क्यान्सर समेत हुन्छ । ओवरीलेसहि ढंगबाट काम गर्नको लागी भिटामिन डिको आवश्यकता पर्दछ । भिटामिन डिको अभावमा महिनावारीको समयमा अत्याधिक दुखाई तथा ऐन्डो«मेट्रियोसिसको खतरा हुन्छ । यसको कारणले गर्दा ओवरीमा सिस्ट बनी निसन्तानको समस्याबढेर जान्छ । यस्तो समस्या १५ देखि २५ वर्षका युवतीमा अत्याधिक देखिएको छ । यसको साथमा अव्यवस्थीत जीवशैलीसगँ जोडिएको सबैभन्दा डरलाग्दो रोग मुटुरोग हो । अधिकाशं महिलाजेनाइटल ट्युवरक्लोसिसको सिकार फ्याटको मात्र बढी प्रयोग गरी व्यायम नगर्ने गदैछन् । यहि कारणले गर्दा कोलस्टो«रको मात्रा बढी कम उमेरमै उच्च रक्तचाप,मधुमेह, थाइराइडको समस्या सिर्जना हुन्छ ।

यस्तो समस्या आउन नदिनको लागी यस्ता टिप्स अपनाउनुहोस् ।

१. दैनिक रुपमा ३० मिनेटजति शारीरीक व्यायम गरी बिहान ५ र बेलुका ५ मिनेट गरेर १० मिनेट श्वासप्रश्वाससम्बन्धी व्यायम गर्ने ।

२. दैनिक रुपमा १५ गिलास सफा मान तातो पानी पिउने ।

३. प्रोटियुक्त खानेकुरा खाने र चिनीयुक्त खानेकुरालाई कम गर्ने ।

४. डाइटमा कार्बोहाइड्रेट अनिवार्य रुपमा लिई फ्याटयुक्त खानेकुरा खानामा घटाउने ।

५. ग्रीन टी पिउने ।

६. तनाव कम गर्नको लागी समयको व्यवस्थापन सहि तरिकाले गर्ने ।

प्रकाशित : बुधबार, साउन १५, २०७६१२:२७

सावधान ! समयमै बाथरोगको उपचार नहुँदा शरीरका धेरै अङ्ग कुँजो हुन सक्ने