काठमाडौँ – व्यवसायी दुर्गा प्रसाई र नेत्रविक्रम चन्दका छोरा डा. प्रकाश चन्दविच चर्काचर्की भएको छ।
झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक समेत रहेका व्यवसायी दुर्गा प्रसाई र नेत्रविक्रम चन्दका छोरा डा. प्रकाश चन्दविच टेलिफोनमा चर्काचर्की भएको हो।
एक अन्तर्वार्तामा प्रकाशले प्रसाइँलाई मेडिकल माफिया भन्दै कारबाही गर्ने चेतावनी दिएपछि प्रकाश र प्रसाइँबीच भनाभन भएको हो । टेलिफोनमा भएको उक्त भनाभन सार्वजनिक समेत भएको छ।
डा. चन्दले प्रसाईलाई कुनै अन्तरवार्तामा मेडिकल माफिया भन्दै नङ्ग्याउने चेतावनी दिएको प्रसंगबाट शुरु भएको उक्त टेलिफोन संवाद चर्काचर्की सम्म पुगेको छ।
चर्काचर्कीका क्रममा प्रसाईले घिसारेर देखाउन चुनौति दिएका छन् भने चन्दले माफियालाई घिसार्न आफू सक्ने बताएका छन्। प्रसाईले विप्लवको नाम प्रयोग गरेर धम्कि नदिन चेतावनी दिंदा चन्दले माफियाहरुलाई तह लगाउन युवाहरुनै सक्षम रहेको बताएका छन्।
चन्दसंग फोनमा कुराकानी गर्दा प्रसाईले आफू माफिया नभई काम गरेर खाने व्यक्ति रहेको र वर्षमा ५० करोड सरकारलाई राजश्व बजाउने गरेको दावी गरेका छन्। साथै उनले ‘तिम्रा वुवाले जनयु’द्धलाई कहाँ पुर्याए ?’ भनेर प्रश्न पनि गरेका छन्। टेलिफोनमा सम्वाद हुने क्रममा प्रकाश र प्रसाइँबीच तँ-तँ, म-म सम्म भएको छ ।
‘तेरो बाउले मसँग पटक–पटक चन्दा लगेको छ’, प्रसाइँले भनेका छन्, ‘म त र तेरो बाउसँग भिड्नका लागि लागेको छु ।’ प्रकाशले मुख छाडेर घिसारेर कारबाही गर्छु भनेपछि प्रसाइँले भनेका हुन् ।
प्रकाशले भनेका छन्, ‘तपाईको औकातलाई ठेगान लगाउन सक्छु । श्रीकृष्ण गिरीसँग कुरा गरेको होइन प्रकाश चन्दसँग कुरा गरेको हो, दुर्गा प्रसाइँजी ।’ प्रसाइँले प्रकाशलाई फ्याउरो भनेर जेमन लाग्यो त्यो गर्न चुनौति दिएका छन् ।
‘प्रचण्ड र ओलीलाई मार्सी चामल खुवाएर माफिया बन्ने’, प्रकाशले भनेका छन्, ‘तपाई आउने होइन घिसारेर ल्याउने हो । तपाई प्रकाश चन्दसँग बोल्दै हुनु हुन्छ । तपाईको सेखी झार्न सक्छु । ए दुर्गा प्रसाइँजी घिसार्छु ।’