मन्त्री बन्न बाटो खुलेपछि बामदेवले भने – ‘मेरो अभियान कुनै पद र प्रतिष्ठाका लागि होइन’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नो अभियान कुनै पद र प्रतिष्ठाका लागि नभएको स्पष्ट पारेका छन्।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा संवैधानिक काम गर्न बाटो खुलेसँगै गौतमले यस्तो बताएका हुन्।

गौतमले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै आफू नेकपामा विधि र पद्धति स्थापना अभियानका लागि संघर्षरत रहेको स्पष्ट पारेका छन् भने आफूलाई राष्ट्रियसभामा लगिएको विषय पद र प्रतिष्ठासँग जोडेर व्याख्या गरिएकोमा गुनासो गरेका छन्।

“वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।”,विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्।

साथै उनले शुभेच्छा र सद्भभाव प्रकट गर्ने सबैमा समेत सोहि विज्ञप्ति मार्फत आभार प्रकट गरेका छन्।

यस्तो छ उनको विज्ञप्ति –

~सबैप्रति आभार~
राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।

यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।

वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए ।

फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।
वामदेव गौतम
उपाध्यक्ष,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१८:५१

कोरोना पोजेटिभलाई नेगेटिभ, नेगेटिभलाई पोजेटिभ !