एकपटक फेरी चम्क्यो भाइरल रानु मण्डलको भाग्य, गर्दैछिन यस्तो प्रोजेक्ट!

पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा लता मंगेशकरको चर्चित गित ‘एक प्यार का नगमा’ गएर चर्चित भएकी रानु मण्डलको आर्थिक स्थिति कोरोना संक्रमणको डरले  लकडाउन गरिएपछि  खराब भएको थियो । रातारात भाइरल भएपछि रानु  नया घरमा बस्थिन तर काम नपाएपछि उनि मुम्बईबाट पुरानो घर नै फर्किएकी थिइन र बचेको पैसाले आफ्नो गुजारा चलाईरहेकी थिइन्। साथै उनको जीवनशैली पहिलेको जस्तै बन्दै थियो । तर एकपटक फेरी रानुको भाग्य चम्किएको छ । उनलाई एक फिल्ममा गित गाउने मौका मिलेको छ।

मानंद सागरको  शो ‘रामायण’ मा सिताको भूमिका निभाएकी अभिनेत्री दिपिका चिखलियाले रानु मण्डललाई आफ्नो फिल्ममा गित गाउनको लागि अफर दिएकी हुन्। दिपिकाले सोशल मिडियामा एक भिडियो शेयर गरेकी छिन्। जसमा रानु मण्डल आफ्नो नया प्रोजेक्टको बारेमा जानकारी दिदै देखिएकी छिन्। यस भिडियोमा रानुले आफ्नो फ्यानहरुलाई भनेकी छिन् कि ‘म फिल्मको गित गाउदै छु र आशा छ मलाई त्यही माया र सम्मान  फेरी मिल्नेछ।’ यस भिडियोलाई दिपिकाले आफ्नो ट्वीटर अकाउन्टमा पोस्ट गरेकी छिन्।

सडकमा गाएर  रातारात स्टार बनेकी रानु मण्डललाई हिमेश रेशमियाले आफ्नो फिल्ममा गाउने मौका दिएका थिए। थुप्रै सेलिब्रेटीले पनि उनको गायिकीको तारिफ गरेका थिए। साथै उनलाई  थुप्रै रियालिटी शोमा पनि गेस्टको रुपमा बोलाइएको थियो। यधपी रानु मण्डल जति छिटो स्टार बनिन त्यति नै चाडो मानिसहरुले उनको आलोचना गर्न शुरु गरेका थिए। रानुले थुप्रै पटक आफ्ना फ्यानलाई राम्रो व्यवहार गरेकी थिइनन् त्यसैकारण पनि उनको  निकै ट्रोल  बनेको थियो।

प्रकाशित : बुधबार, कार्तिक २६, २०७७१९:४०

१४ तस्विरमा हेर्नुहोस सन्दिप, अनमोल केसीदेखि शृंखलासम्मको भाइटिका!