दीपावलीमा लक्ष्मीको पूजा गर्दा ध्यान राख्नुहोस् यी ३ कुरा !

दीपावलीको शुभ अवसरमा धन र वैभवकी देवी माता लक्ष्मी र गणपति महाराजको पूजा गरिन्छ। धर्मशास्त्रका अनुसार धन, वैभव, सम्पन्नता र सौभाग्य प्राप्त गर्न दीपावलीको रात लक्ष्मी-गणेश पूजाको लागि उत्तम शुभ समय मानिन्छ। तर माता लक्ष्मीको पूजामा वास्तुको नियमलाई पनि ध्यानमा राख्नु महत्त्वपूर्ण छ। यी वास्तु नियमहरू निम्नानुसार छन् –

कुन दिशामा पूजा गर्ने त ? 

सर्वप्रथम त पूजा कोठा सफा हुनुपर्छ। यसको भित्ता हल्का पहेंलो, गुलाबी वा हरियो भयो भने राम्रो हुन्छ किनकि यी रंगहरूले सकारात्मक उर्जाको स्तर बढाउँछन्। कालो, निलो र खैरो रंग पूजा कोठाको भित्तामा प्रयोग गर्नु हुँदैन। वास्तु विज्ञानका अनुसार मानसिक स्पष्टता र ज्ञानको दिशा उत्तर-पूर्वी (ईशान) लाई पूजा गर्नको लागि उपयुक्त स्थान मानिन्छ किनभने यो कोण पूर्व र उत्तर दिशाको शुभ प्रभावहरूसँग सम्बन्धित छ। घरको यस क्षेत्रमा सत्व ऊर्जाको प्रभाव सत-प्रतिशत हुन्छ।

उत्तर-पूर्वी दिशामा राख्नुहोस् पूजाका सामग्री 

पूजा गर्ने क्रममा अनुहार उत्तर वा पूर्व दिशा तर्फ हुनुपर्दछ। उत्तर धनको क्षेत्र भएकोले यो क्षेत्र यक्ष साधना (कुबेर), लक्ष्मी पूजन र गणेश पूजनको लागि उपयुक्त छ। दीपावलीको पूजामा माटोको लक्ष्मी-गणेश मूर्ति वा चित्र नयाँ राख्नुहोस्। चाँदीको मूर्तिहरू सफा गर्न र फेरि पूजामा प्रयोग गर्न सकिन्छ। पूजा कलश र अन्य पूजा सामग्री उत्तरपूर्वी दिशामा राख्नु शुभ हुन्छ।

रातो रंग 

रातो रंग देवी लक्ष्मीलाई धेरै प्रिय छ। रातो र रंग लाई वास्तुमा शक्ति र बहादुरीको प्रतीकको रूपमा पनि लिइन्छ, त्यसैले माता लक्ष्मीलाई चढाइएको लुगा, श्रृंगार वस्तु र फूलहरू सकेसम्म रातो हुनुपर्छ। पूजा कोठाको द्वारमा सिन्धूर वा रंगोलीले स्वास्तिक बनाउँनाले घरमा नकारात्मक शक्तिहरू प्रवेश गर्दैनन्।

शंख 

वास्तु शास्त्रका अनुसार शंखको ध्वनि र घण्टी बजाउँदा देवी प्रशन्न हुन्छिन् र वरपरको वातावरण शुद्ध र पवित्र हुन्छ। दीपावली पूजामा श्रीयंत्र, कौरि र गोमती चक्रको पूजा गर्दा खुशी र समृद्धि आउँछ। दीपावली पूजामा श्रीयंत्र, गोमती चक्रको पूजा गर्दा सुख-समृद्धि प्राप्त हुन्छ।

प्रकाशित : शुक्रबार, कार्तिक २८, २०७७१५:५५

सूर्यदेवका यी मन्त्र जप गर्नाले मिल्नेछ अपार सफलता !