दीपावलीमा ४९९ वर्षपछि जुर्यो यस्तो दुर्लभ संयोग !

दीपावलीको महापर्व कार्तिक महिनाको त्रयोदशी तिथिबाट शुरू हुन्छ। यस वर्ष दीपावलीमा ४९९ वर्षपछि दुर्लभ संयोग जुरेको छ । यस वर्ष एकै दिन महालक्ष्मी पूजा र नरक चतुर्दशी मनाईनेछ। आउनुहोस् ४९९ वर्षपछि घट्ने दुर्लभ संयोगको बारेमा जानौं।

लक्ष्मी पूजा र नरक चतुर्दशी एकै दिन 

यस वर्ष नरक चतुर्दशी र लक्ष्मी पूजा एकै दिनमा परेको छ। यस्तो संयोग ४९९ वर्षपछि बनेको हो। यो वर्ष ग्रहहरुको पनि एक दुर्लभ संयोजन हुन जाँदैछन्।

बृहस्पति, शुक्र र शनिको दुर्लभ संयोग 

यस वर्ष लक्ष्मी पूजा अर्थात् १४ नोभेम्बरको दिन गुरु, शुक्र र शनिको दुर्लभ संयोजन हुन गइरहेको छ। यस दीपावलीमा बृहस्पति ग्रह आफनी स्वमित्य रहेको धनु राशिमा हुनेछ, शनि पनि आफ्नै राशि मकरमा र शुक्र कन्यामा हुनेछ। यस्तो संयोग ४९९ वर्षपछि भइरहेको छ।

 

१५२१ मा बनेको थियो गुरु, शुक्र र शनिको यस्तो संयोग 

गुरु, शुक्र र शनिको यस्तो संयोजन ४९९ वर्ष पहिले १५२१ मा गठन भएको थियो। १५२१ मा नोभेम्बर ९ मा दीपावलीको पवित्र पर्व मनाइएको थियो। गुरु र शनिलाई व्यक्तिको आर्थिक अवस्थालाई सुदृढ पार्ने कारक ग्रह मानिन्छ।

प्रकाशित : शुक्रबार, कार्तिक २८, २०७७१६:०४

मङ्सिरमा भाइटीका लगाउनु हुन्छ की हुँदैन ? यसो भन्छ पञ्चाङ्ग निर्णायक समिति !