काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत शुक्रबार हुने पहिलो खेलको लागि सुरुवाती ११ घोषणा गरेको छ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा साँझ ४:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भएको हुनाले पनि महर्जनले सुरुवाती रोजाइमा काउन्टर अट्याकमा खेल्ने जोड दिने देखिएको छ । नेपालले प्रारम्भिक ४-२-३-१ को संरचनामा उत्रंदैछ । यसो गर्दा आक्रमणमा नेपाल ४-३-३ को सेपमा देखिनेछ भने रक्षात्मक पद्दतिमा ४-५-१ को रणनीति अबलम्बन हुनेछ ।
गोलरक्षकमा टोलीको कप्तान समेत रहेका किरण चेम्जोङ छन् । डिफेन्समा अनन्त तामाङले सेन्टर अजित भण्डारीको साथ पाएका छन् । लेफ्ट ब्याकमा सुमन अर्याल र राइट ब्याकमा विकास खवास खेल्दैछन् । विकासको यो राष्ट्रिय टोलीका लागि पहिलो खेल हो ।
मिडफिल्डमा विक्रम लामा र तेज तामाङ छन् । आक्रामक मिडफिल्डको दुई विंग्समा अन्जन विष्ट र रवि पासवान रहनेछन् । सुजल श्रेष्ठ पूर्ण फिट नभएपनि उनले फरवार्डको पछाडी रहेर खेल्नेछन् । आक्रमणमा नवयुग श्रेष्ठकै छन् ।
नेपालको सुरुवाती ११ : किरण चेम्जोङ – विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, सुमन अर्याल – विक्रम लामा, तेज तामाङ – रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट – नवयुग श्रेष्ठ
नेपालको बेन्च : एरिक विष्ट, भरत खवास, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, पुजन उपरकोटी, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ र छिरिङ गुरुङ