भोलि मङ्सिर ५ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

व्यावसायिक क्षेत्रमा उच्च अधिकारीसँग आवश्यक विषयमा चर्चा हुनेछ। सरकारी लाभ मिल्ने सम्भावना रहेको छ। परिवारमा आनन्दमय वातावरण रहनेछ। अत्यधिक कार्यभारको कारण शारीरिक शिथिलताको अनुभव हुनेछ। आमाको स्वास्थ्यमा सुधार हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि यस दिन मिश्रित फलदायी रहनेछ। नयाँ कार्य सुरु गर्न सकिनेछ। विदेशगमनको सम्भावना रहेको छ। धार्मिक यात्राको सम्भावना देखिन्छ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ। कार्यक्षेत्रमा कार्यभार अत्यधिक रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अशुभ घटनाको योग रहेकोले यस दिन सावधान रहनुहोला। क्रोधमा संयम राख्नुहोला, अन्यथा स्वयम्को हानि हुने सम्भावना छ। सामाजिक क्षेत्रमा मानहानि हुनसक्छ, सजग रहनुहोला। शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। आर्थिक पक्ष कमजोर रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफन्त तथा मित्रसँग आनन्दमय समय बित्नेछ। व्यापारिक क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ। सामाजिक रूपले मान-समान बढ्नेछ। यात्राको योग बन्ने देखिन्छ। आर्थिक लाभ मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीबाट भरपूर साथ सहयोगका साथै लाभ पनि मिल्नसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कुनै कारण दैनिक कार्यमा विघ्न आउनसक्छ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल नरहला। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग मदभेद हुनसक्छ। मिहेनत अनुसारको कार्य सफलता नमिल्दा मन चिन्तित रहनेछ। मानसिक तनाब बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विद्यार्थी वर्गको लागि दिन शुभ नरहला। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। आर्थिक स्थिति कमजोर रहने सम्भावना रहेको छ। मनमा खिन्नताको अनुभव हुनेछ। अनावाश्य वाद-विवादमा नपर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आमाको बारेमा चिन्ता रहनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। आर्थिक विषयमा सावधान रहन जरूरी देखिन्छ। पारिवारमा झै-झगडा तथा कलह हुनसक्छ। सामाजिक रूपले अपमानित हुन सकिन्छ, सजग रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। आर्थिक लाभ मिल्नुका साथै भाग्यवृद्धिको योग रहेको छ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। रमणीय यात्राको योग रहेको छ। प्रेम सम्बन्ध बलियो हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिवारमा नकारात्मक वातावरण रहनेछ। निर्धारित कार्य समयमा पूरा नहुँदा मन चिन्तित रहनेछ। नयाँ कार्य सुरु गर्न वा महत्वपूर्ण निर्णय लिनको लागि दिन शुभ छैन। व्यवसाय क्षेत्रमा कार्यभार अत्यधिक रहनेछ। आर्थिक पक्ष कमजोर रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

निर्धारत कार्य सरलताका साथ पूरा हुनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। वैवाहिक जीवन सुखमय रूपले बित्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आर्थिक हिसाबले दिन लाभदायक रहने छैन। अत्यधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आफन्तसँग मनमुटाव हुनसक्छ। मानहानिको सम्भावना रहेको छ। क्रोधमा संयम राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सामाजिक कार्यमा संलग्न हुने मौका मिल्नेछ। साथी-भाईसँग रमणीय भेटघाट हुनेछ। यात्राको योग बन्नेछ। पत्नी तथा सन्तानबाट लाभ मिल्नेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। शुभ समाचार मिल्नेछ।

प्रकाशित : बिहिबार, मङि्सर ०४, २०७७१८:५३

भोलि मङ्सिर ६ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !