“नेयमार-रोनाल्डो जाँदा फरक परेन, अब मेस्सी जाँदा पनि फरक पर्दैन”

एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले क्लब छाड्ने विषय पछिल्लो समय चर्चाको विषय बनिरहेको छ। मेस्सीको अनुपस्थितिले क्लब र ला-लिगामा कस्तो प्रयास पार्ने हो भन्ने कुरामा सबैको चासो छ। मेस्सी ला-लिगा छाडेर गए लिगलाई धेरै घाटा पुग्ने धेरैको विश्लेषण छ।

तर, ला लिगाका अध्यक्ष जेभियर तेबास भने त्यसो ठान्दैनन्। मेस्सी बार्सिलोना छाडेर अन्यत्र गएपनि ला-लिगालाई खासै फरक नपर्ने उनको भनाई छ।

एक अन्तर्वार्ताको क्रममा तेबासले ला-लिगा मेस्सीको बहिर्गमनको लागि तयार रहेको बताए। नेयमार र क्रिस्टियानो रोनाल्डोको बहिर्गमनले खासै असर नपारेको उल्लेख गर्दै तेबासले मेस्सीको अनुपस्थितिले पनि ला-लिगालाई खासै असर नपर्ने उनले दावी गरे।

“पहिला नेयमार र पछि रोनाल्डो ला-लिगाबाट बाहिरिएका थिए। त्यसले ला-लिगामा खासै असर पारेको हामीले अनुभव गरेका छैनौँ। र मेस्सीको बहिर्गमनका लागि पनि हामी तयार छौँ।”,उनले भने,”तर हामी मेस्सी ला-लिगामै रहुन् भन्ने चाहन्छौं।”

नेयमार र रोनाल्डो नहुँदा पनि ला-लिगाले राम्रो गरिरहेको र मेस्सीको बहिर्गमन पश्चात पनि राम्रो गर्ने उनको विश्वास छ। मेस्सी म्यानचेस्टर सिटि जान सक्ने विषयमा समेत टिप्पणी गर्दै तेबासले सिटिको शैली बारे प्रश्न गरे।

म्यानचेस्टर सिटिले नियम बाहिर गएर खेलाडी भित्र्याएको तर्फ इंकित गर्दै उनले भने,”मेस्सीलाई भित्र्याउन सकारात्मक एक मात्र प्रिमियर लिग क्लब सिटि मात्रै हो, जसले नियम बाहिर प्रतिस्पर्धा गर्छ। मैले मात्र यो भनिरहेको छैन। म उनीहरुका बारेमा धेरै चिन्तित छैन। मैले धेरै पटक उनीहरुको आलोचना गरेको छु। सिटिलाई कोभिडको महामारी वा कुनै पनि चीजले असर गरेको छैन किनकि उनीहरूको अर्थ प्रणाली फरक छ।”

प्रकाशित : बिहिबार, मङि्सर ०४, २०७७१८:२३

“बार्सिलोनाको सबै समस्याको कारण हुँदा हुँदा थाकिसके”