शाहरुख र गौरीको घरमा २ रात फ्रिमा बस्न दिनुस यति सजिलो प्रश्नको उत्तर[तस्विर]!

बलिउडका किंग शाहरुख खानले हालै आफ्नो फिल्म पठानको शुटिंग शुरु गरेका छन्। जसपछि उनका फ्यानहरु निकै खुसि भएका छन्। यसको साथै शाहरुखको  फ्यानहरुको लागि एक राम्रो खबर रहेको छ।  वास्तवमा,  तपाईलाई शाहरुख र गौरी खानको घरमा दुइ रात बिताउने मौका मिल्न सक्छ। गौरीले हालै यसको बारेमा कुरा गर्दै  ट्वीटरमार्फत आफ्नो घरको शानदार तस्विर शेयर गर्दै लेखेकी थिइन् कि, ‘दिल्लीको घर हाम्रो शुरुआती दिनको सम्झनाहरूले भरिएको छ, जहाँ हामीले वर्षौदेखि परिवारको रुपमा माया गरेर संकलन गरेको चिज रहेको छ। मेरो कोल्याब्रेशन रहेको कम्पनि एयेरबिएनबीमार्फत हाम्रो पाहुना बन्ने मौका पाउनुहोस्।’

त्यसको लागि तपाईले थोरै मेहनत गर्नुपर्ने हुन्छ। वास्तवमा, गौरी आफैले यो विशेष अफर लिएर आएकी हुन्। जसअनुसार उनको घरमा तपाईलाई फ्रीमा बस्ने मौका मिल्न सक्छ। खबरअनुसार गौरी खानले अमेरिकन कम्पनि एयेरबिएनबीको साथ पार्टनरशिप गरेकी छिन्। यो कम्पनिले भाडामा घर दिने गर्छ भने गौरीले यसलाई लिएर विशेष  योजना बनाएकी छिन्। २०२१ को भ्यालेन्टाइन डेलाई लिएर शाहरुख र गौरीले फ्यानहरुको लागि एक प्रतियोगिता राखेका छन जसमा उनीहरुलाई तपाइले एक सजिलो प्रश्नको शानदार जवाफ दिनुपर्नेछ।

तपाईले यो बताउनुपर्नेछ कि कसैले तपाईलाई ‘खुला हात स्वागत’ अर्थात् आफ्नो दिलबाट स्वागत गर्दा तपाई यसलाई कुन तरिकाबाट  बुझ्नुहुन्छ? तपाइको लागि यसको मतलब केहो ? यस प्रश्नको जवाफ तपाईले ३० नोवेम्वरसम्म दिनुपर्छ। त्यसपछि कसको जवाफ क्रियटिभ र विशेष छ  त्यही व्यक्तिले यो प्रतियोगिता जित्नेछ।

बताइएअनुसार ‘ओपन आर्म वेलकम’ प्रश्न शाहरुखको सिग्नेचर स्टेपमा राखिएको छ। जसलाई लिएर गौरीले यो प्रतियोगिता राखेकी हुन्। शाहरुख र गौरीलाई जसको जवाफ मनपर्छ उसलाई उनीहरुको दिल्लीको बंगलामा उनीहरुको पाहुना बनेर बस्ने मौका मिल्नेछ। १३ र १४ फेब्रुअरीमा तपाईलाई फ्रिमा यो मौका मिल्नेछ।

प्रकाशित : शुक्रबार, मङि्सर ०५, २०७७१२:२५

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान मख्ख