प्रचण्डलाई सूर्य थापाले भन्न सम्म भने, धुन्दुकारी र मर्यादाहिन रहेको आरोप लगाए !

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्यादाहिन व्यक्तिको संज्ञा दिएका छन्।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले प्रचण्डलाई मर्यादाहिन व्यक्तिको संज्ञा दिएका हुन्। थापाले प्रचण्डप्रति लक्षित गर्दै मर्यादाहिन व्यक्तिलाई अध्यक्ष मान्नु परेको टिप्पणी गरेका छन्।

प्रचण्डले नेकपा सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन र ओली माथि लगाएको आरोपलाई थापाले ठूलो भुल भनेका छन्। खुमलटारबाट प्रधानमन्त्री ओलीविरुद्ध दाहालले षड्यन्त्र गरेको थापाको आरोप छ।

“अराजनीतिक प्रस्तावले विगतका सम्झौता, मर्म, विधान, प्रक्रिया, एकताको भावना र जनाताको अपेक्षामाथी कुठाराघात गरेको छ, उहाँ अनेक स्वार्थ र आफ्ना आसेपासेको इरासा परिचालित हुँदा देश र जनताले दुःख पायो।”,उनले भने।

सल्लाहकार थापाले दोस्रो वरीयताका अध्यक्ष दाहाल आफू निहीत स्वार्थमा केन्द्रित भएको बताएका छन् । प्रचण्ड नेतृत्वलाई खुइल्याउन आफूभन्दा सिनियर अध्यक्षविरुद्ध गाली गलौजमा उत्रिएको भन्दै थापाले उक्त कार्यलाई धुन्दुकारी प्रवृत्ति भनेका छन्।

“विनासकाले विपरित बुद्धिका साथ परिचालन हुनुभएको छ । नेतृत्वलाई खुइल्याउन लाग्नुभयो।”,प्रचण्ड प्रति लक्षित गर्दै भनेका छन्,”आफूभन्दा सिनियर अध्यक्षविरुद्ध गाली गलौजमा उत्रिनुभएको छ । यो उहाँको संस्कारहीनता र धुन्दुकारी प्रवृत्ति हो।”

साथै थापाले ओली र प्रचण्ड बीच केहि समय देखि संवाद हुन नसकेको पनि खुलासा गरेका छन्। प्रचण्डको घमण्डका कारण कात्तिक २५ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्ड बीच संवाद हुन नसकेको थापाको भनाई छ।

“कात्तिक २५ गतेदेखि प्रधानमन्त्री ओली र उहाँबीच सम्वाद भएको छैन । प्रत्यक्ष सम्वादको अन्त्य भएको छ। उहाँले नैतिकता धरातल गुमाउनुभएको छ।”,थापाको भनाई छ।

प्रकाशित : शुक्रबार, मङि्सर ०५, २०७७१०:५१

लगातार घट्दै सुनको मूल्य, शुक्रबार पनि घट्यो !