लगातार घट्दै सुनको मूल्य, शुक्रबार पनि घट्यो !

काठमाडौँ – मंसिर लागेसँगै घट्न थालेको सुनको मूल्य ओरालो लाग्ने क्रम शुक्रबार पनि जारी छ। सुनको मूल्य शुक्रबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैंयाले घटेको छ। यस अगाडी सुनको मूल्य बिहिबार तोलामा ७ सय र बुधबार तोलामा १ सय रुपैंया घटेको थियो।

शुक्रबारको गिरावटसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

शुक्रबार कायम भएको सुनको मूल्य ४३ दिन यताकै कम हो। शुक्रबार कायम भएको सुनको मूल्य असोज २२ गते यताकै सस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

असोज २२ गते सुन ९३ हजार ९ सयमा कारोबार भएकोमा त्यस यता सुनको मूल्य घटबढ हुँदै आएपनि शुक्रबार विन्दु सम्म झरेको थिएन। तर बिहिबार भने सुनको मूल्य ४२ दिन यताकै कम विन्दुमा झरेको थियो।

शुक्रबार चाँदीको मूल्यमा भने सामान्य मात्र गिरावट भएको छ। चाँदीको मूल्य तोलामा ५ रुपैंया मात्र घटेको र १ हजार २ सय १० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रकाशित : शुक्रबार, मङि्सर ०५, २०७७११:२५

शाहरुख र गौरीको घरमा २ रात फ्रिमा बस्न दिनुस यति सजिलो प्रश्नको उत्तर[तस्विर]!