बार्सिलोनाबाट म्यानचेस्टर सिटी जाने कुरा चलिरहँदा बार्सिलोनाका पूर्व स्टार रिभाल्डोले लियोनल मेस्सीको बार्सामा यो अन्तिम वर्ष हुने सम्भावना धेरै रहेको बताएका छन्। मेस्सीले गत सिजनको अन्तिममा स्थानान्तरण अनुरोध हस्तान्तरण गरे देखि नै क्लबमा उनको भविष्य महत्वपूर्ण विषय बनेको छ ।
यसैबीच पूर्व बार्सा स्टार रिभाल्डोको सोचाइ छ कि क्लबको नयाँ बोर्डले ६ पटकको ब्यालोन डि’अर्स विजेता मेस्सीलाई क्लबमा रहन मनाउन सक्ने छैन। “बार्सिलोनाले पहिले नै खेलाडीहरूसँग केही कोष कटौती [कोरोनाभाइरस महामारी बीच] छलफल गरिसकेको छ साथै सामान्य कटौती गर्ने कोशिस पनि गरेको थियो जुन टोलीले अस्वीकार गरेको थियो। त्यसैले यो खेलाडीहरूको लागि नयाँ कुरा होइन,” बार्सिलोनामा रहँदा दुई लालिगा, कोपा डेल रे, यूईएफए सुपर कप जितेका रिभल्डोले बेटफेयरको लागि एक कोलममा लेखे।
बार्सिलोनाले खेलाडीको कोष कटौती गर्न गरेको कोशिसले मेस्सीको सम्झौताको नवीकरण गर्ने सम्झौतामा पुग्न गाह्रो हुँदै गएको छ भन्ने धारणालाई अझ सुदृढ बनाउँछ, रिभाल्डोले भने। उनी भन्छन्,”अवश्य पनि, मेस्सीसँग अन्य क्लबहरूबाट राम्रो प्रस्तावहरू छन्, र पहिले नै उनले पनि गत सत्रको अन्त्यमा क्लब छोड्ने कोशिस गरेका थिए।”
“मेरो विचारमा यस सीजन च्याम्पियन्स लिग वा ला लिगा उपाधि जिते वा कोमनको टिमले राम्रो फुटबल खेले मात्र मेस्सीलाई उनका विकल्पहरूमा पुनर्विचार गर्न मनाउन सक्छ। दुर्भाग्यवश मलाई डर छ कि यो क्लबसँग उनको अन्तिम सीजन हो।”,उनले भने।