बृहस्पतिले गर्यो राशि परिवर्तन, अशुभ प्रभावबाट बच्न गर्नुहोस् यस्ता उपाय !

देव गुरु बृहस्पतिलाई ज्ञान र संतानको कारक मानिन्छ। कर्कट राशिमा गुरुलाई उच्च र मकर राशिलाई नीच मानिन्छ। २० नोभेम्बर अर्थात आज दिउसो १ बजेर २० मिनेटबाट गुरु आफ्नो नीच राशि मकर राशिमा प्रवेश गरिसकेको छ। शनि मकर राशिमा पहिले नै अवस्थित छ। यस राशीमा शनि र गुरुको संयोजनले अप्रत्याशित परिणाम दिन सक्छ। गुरुको यो गोचरले सबै राशिमा शुभ र अशुभ रूपमा प्रभाव पार्दछ। ज्योतिषशास्त्रमा, गुरुको राशि परिवर्तनबाट हुने अशुभ प्रभावहरूबाट बच्न उपायहरू दिइएका छन्। यी उपायहरू निम्नानुसार छन्:

कुण्डलीमा गुरु ग्रहलाई सुदृढ पार्न र गुरुको गोचरको अशुभ प्रभावबाट बच्नको लागि, तपाईंले बिहीबारको पूजाको क्रममा १० पटक ओम बृह ब्रिष्टे नमः मंत्र जप गर्नुपर्छ।

बृहस्पति देव भगवान विष्णुको पूजा गर्नाले प्रसन्न हुन्छन्। तसर्थ, गुरु गोचरको अशुभ प्रभावबाट बच्न विष्णुसहस्रनाम नियमित रूपमा पाठ गर्नुहोस्। यो उपायले तपाईंको कुण्डलीमा गुरुको स्थिति मजबूत गर्दछ।

देवगुरु बृहस्पतिलाई प्रसन्न गर्न दैनिक ओम भगवते वासुदेव नम: मंत्रको माला जप गर्नुहोस्। साथै, सम्भव भएमा, भगवान विष्णुलाई पहेंलो फल प्रदान गर्नुहोस् र प्रसादको रूपमा वितरण गर्नुहोस्।

गुरु ग्रहको दोषबाट बच्न भगवान विष्णुको पूजा गरेपछि बेसार र चन्दनको तिलक गर्नुहोस्। कुनै पनि शुभ कार्य गर्न बाहिर जानु भन्दा पहिला यो उपाय गर्नुहोस्, सफलता पाउनुहुनेछ।

बृहस्पतिलाई खुशी पार्न हरेक पूर्णिमाको दिन भगवान सत्यनारायणको कथा सुन्नुहोस्। साथै, प्रत्येक दिन भगवान विष्णुको विशेष पूजा गर्नुहोस् र केरा प्रदान गर्नुहोस्।

देवगुरुलाई प्रशन्न पार्न दाल, बेसार, पहेंलो कपडा, चनाको पीठोको लडुहरू आदि योग्य ब्राह्मणलाई दान गर्नुहोस् र बिहीबार केराको रूखमा पानी दिनुहोस्।

प्रकाशित : शुक्रबार, मङि्सर ०५, २०७७१९:१४

घरमा राख्नुहोस् यी ४ चिज, सधैं रहनेछ माता लक्ष्मीको बास, हुनेछ धनको वर्षा !