सुन्दर बन्ने सोचमा अनुहारभरि दले फेसियल मास्क, निकाल्दा देखे ‘बाउको बिहे’ ! [भिडियो]

एजेन्सी – घरेलु सौन्दर्य प्रसाधन कहिले-काहिँ गलत पनि जान सक्छ। अनुभवको कमी र सामान्य गल्तिले घरेलु सौन्दर्य प्रसाधनको प्रयोगलाई असफल बनाइदिन सक्ने कुरालाई नकार्न सकिँदिन।

यस्तै घरेलु सौन्दर्य प्रसाधनको प्रयोग असफल भएका कारण दुख पाएका एक व्यक्ति यति बेला सामाजिक संजाल तथा मिडियाहरुमा चर्चाको विषय बनिरहेका छन्।

घटना स्कटल्याण्डको हो। त्यहाँका जोन मीचन सफा र मुलायम अनुहार चाहन्थे। जसको लागि उनले आफ्नो श्रीमतीलाई कोइलाबाट बनेको फेसियल मास्क लगाइदिन भने।

तर, उनकी श्रीमतीले त्यसो गर्न मानिनन्। जसपश्चात जोनले आफैं फेसियल मास्क लगाउने निर्णय गरे र उनले त्यसै गरेपनि। फेसियल मास्क लगाउँदा उनले केहि गल्ति समेत गरे, जसलाई उनले नजर अन्दाज गरे। फेसियल मास्क सुकेपछि उनले निकाल्ने कम पनि गरे। तर, निकाल्दा यस्तो भयो कि उनको आँखे भौं समेत उखेलियो।

खासमा के भएको थियो ?

श्रीमती व्यस्त भएका कारण उनले आफैं फेसियल मास्क लगाउने निर्णय गरेका थिए। श्रीमतीले आँखा छाडेर अनुहारका सबै ठाउँमा फेसियल मास्क लगाउन भनेपछि उनले त्यस्तै गरेका थिए। जसमा उनका आँखे भौं पनि थिए।

“श्रीमतीले आँखा छाडेर सबै ठाउँमा भनेकी थिइन्। र मैले त्यसै गरे। तर मलाई यो थाहा थिएन कि ओठ र आँखे भौंमा लगाउनुहुन्छ भनेर।”,उनी भन्छन्।

सामाजिक संजालमा भाइरल

जोनकी श्रीमती ट्रेसीले फेसियल मास्क हटाउँदै गरेको भिडियो सामाजिक संजाल फेसबुकमा अपलोड गरेकी छन्। उक्त भिडियो एक लाख भन्दा बढी पटक हेरिसकिएको छ।

*सावधान ! भिडियोमा प्रयोग भएका शब्दहरु आपत्तिजनक छन् !

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७१३:५८

यी ४ राशिका पुरुषले पाउँछन् अत्यन्त सुन्दर र असल श्रीमती !