काठमाडौँ – मंसिर लागेसँगै घट्न थालेको सुनको मूल्य आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाले बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले घटेको थियो ।
आइतबार उकालो लागेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार कायम भएको सुनको मूल्य असोज २२ गते यताकै सस्तो रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
असोज २२ गते सुन ९३ हजार ९ सयमा कारोबार भएकोमा त्यस यता सुनको मूल्य घटबढ हुँदै आएपनि शुक्रबार विन्दु सम्म झरेको थिएन। तर बिहिबार भने सुनको मूल्य ४२ दिन यताकै कम विन्दुमा झरेको थियो।
आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य तोलामा १२ सय १० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।