काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका थिए। आफ्नै पार्टी भित्रको विवादले चर्को रुप लिएको समयमा ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बालुवाटारमा बोलाएर सामूहिक छलफल गरेका हुन्।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीको उपस्थितिमा छलफल भएको थियो । यद्यपि उनीहरुसंग भएको कुराकानी के विषयमा थियो त्यो भने सार्वजनिक भएको छैन। अहिले नेकपा पार्टीभित्र चर्चको विवाद रहेको समयमा यो भेटलाई अर्थपूर्ण रपमा हेरिएको छ ।
स्रोतका अनुसार यी चारवटै प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएको छ।