काठमाडौँ : नेपाली कांग्रेसका युवा नेता एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईलाई बधाई दिएका छन् ।
कांग्रेस नेता शर्माले बिहिबार सामाजिक संजालमार्फत नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई बधाई दिँदै बदनामी हुने कर्मबाट जोगिन सुझाव दिएका हुन् ।
उनले लेखेका छन् ;” संभव भएसम्म राम्रो गर्नु, कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु ! विद्यार्थी राजनीति क्रममा हार्दिकता र द्वन्द्वको दुई खाले मनस्थितिमा काम गरेको ब्यक्तिगत अनुभव भन्छ योगेश भट्टराई मन्त्रीका रूपमा सुयोग्य हुनसक्छन् । नयाँ जिम्मेवारीका लागि पुराना मित्रलाई हार्दिक बधाई !”
गत फाल्गुन १५ गते हेलिकप्टर दुर्घटनामा तत्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालदै आएकोमा बुधबार सांसद भट्टराईलाई सो मन्त्रालयको जिम्मेवारी दिईएको हो ।