काठमाडौँ – जनता समाजवादी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहे मात्रै देश बन्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटर मार्फत दुई विषय राष्ट्रिय विमर्श नभएको उल्लेख गर्दै क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहे मात्रै देश बन्ने बताएका हुन्।
भट्टराईका अनुसार देशमा भएका कुनै पनि क्रान्ति पछि क्रान्तिकारीहरूले देशको राम्रोसँग हाँक्न नपाएका कारण देशमा सोचे जस्तो विकास हुन सकेको छैन। भट्टराईले जनयु’द्ध तथा मधेस वि’द्रोहलाई सत्तोसराप गरिने गरेका विषय माथि पनि प्रश्न गरेका छन्।
“हाम्रो राष्ट्रिय विमर्शमा यी दुइ कुरा खै?१.समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगता? विश्व इतिहाससिद्ध तथ्य भन्छ-निरन्तरतामा क्रमभंगता! अर्थात् आवधिक रचनात्मक ध्वंस! हामीकहाँ चैं जनयु’द्ध,मधेस वि’द्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता,विद्वान कहलिन्छ!अनि देश बन्छ?”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
भट्टराईले देशमा क्रान्तिकारीहरूले नेतृत्व गर्न नपाएका केहि उदाहरण पनि ट्वीटरमा उल्लेख गरेका छन्। बिपीलाई महेन्द्रले १८ महिनामा फालेको र संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी/मधेसवादीलाई ओलीले फालेको र त्यसले देश विकासमा असर पारेको उनको भनाई छ।
“इतिहास भन्छ-क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयाँ संरचना संस्थागत हुन्छन र देश बन्छ।हामीकहाॅ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले १८ महिनामा फाले!पछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी/मधेसवादीलाई ९ महिनामा ओलीले फाले र हिरो बने!अनि देश बन्छ?”,भट्टराईले ट्वीटर मार्फत भनेका छन्।
हाम्रो राष्ट्रिय विमर्शमा यी दुइ कुरा खै?१.समाज विकासको सार्वभौम नियम निरन्तरता कि आवधिक क्रमभंगता?विश्व इतिहाससिद्ध तथ्य भन्छ-निरन्तरतामा क्रमभंगता!अर्थात् आवधिक रचनात्मक ध्वंस!हामीकहाॅ चैं जनयुद्ध,मधेस विद्रोहलाई बढी सत्तोसराप गर्ने झन् ठूलो नेता,विद्वान कहलिन्छ!अनि देश बन्छ?.२
— Baburam Bhattarai (@brb1954) November 23, 2020
२.इतिहास भन्छ-क्रान्तिपछि केही दशक क्रान्तिकारीहरूको नेतृत्व रहेमात्र नयाॅ संरचना संस्थागत हुन्छन र देश बन्छ।हामीकहाॅ पहिलो क्रान्तिको नेतृत्व गर्ने बिपीलाई महेन्द्रले१८महिनामा फाले!पछि संघीय गणतन्त्रको नेतृत्व गर्ने माओवादी/मधेसवादीलाई९महिनामा ओलीले फाले र हिरो बने!अनि देश बन्छ?
— Baburam Bhattarai (@brb1954) November 23, 2020