सेनिटाइजर शुल्क नै ६००० मागेपछि कक्षा १२ का विद्यार्थी आजसम्म प्रहरी थुनामा!

फाइल तस्बिर

काठमाडौं, मङ्सिर ८ । नोवेल कोरोना भाइरस (कोभिड–१९)  को कारण यसपटक विद्यार्थीहरूले सम्बन्धित विद्यालयमै कक्षा १२ को परीक्षा दिँदैछन् । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोनाको कारण करिब ७ महिनापछि भोलि अर्थात् मंगलबारबाट शुरु हुदैछ। १२ कक्षाका सबै विद्यार्थीहरू परिक्षा दिन तयारी अवस्थामा रहेका छन्। तर परिक्षाको तयारीमा जुट्नुपर्ने काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका  ३  विद्यार्थी भने आज बिहानसम्म प्रहरीको थुनाबाट छुटेका  छन् । अ-भद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

गत साता प्रवेश पत्र लिन मोर्गनका विद्यार्थीहरू विद्यालय पुगेका थिए  तर विद्यालयले शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन ।राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिवकोअनुसार विद्यालय र अभिभावकबीचको विवादको नाममा विद्यार्थीलाई परीक्षा दिने अधिकारबाट बन्चित गर्न मिल्दैन। त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल हुदा पनि तत्काल शुल्क चुक्ता नगरी प्रवेश पत्र नदिने अडान गर्यो।

अभिभावकको अनुसार कलेजले सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेर  केही विद्यार्थीले विद्यालयको  भवनमा ढुंगा हा-नेका थिए।  त्यसपछि कलेजले १८ विद्यार्थीविरुद्ध जाहेरी दिएको बताएका छन् । साथै अभिभावकका अनुसार कलेजले आंशिक परीक्षा दिने विद्यार्थीहरूलाई प्रतिविषय  १२ हजार रुपैयाँ शुल्क मागेको कारण पनि विवाद उत्पन्न भएको हो। थियो । विद्यार्थीलाई एक मिनेट पनि नपढाइकन १२ हजार रुपैयाँ शुल्क मागेपछि उनीहरुले तिर्न नसके बताएका थिए।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने  एकजना  पनि विद्यार्थी परीक्षाबाट बन्चित भएमा  त्यसको जिम्मेवारी कलेजले लिनुपर्ने बताएका छन्।  साथै  कलेजको यस घटनामा सरकारी निकायले छानविन गर्नुपर्ने बताएका छन्।

प्रकाशित : सोमबार, मङि्सर ०८, २०७७१२:१०

गोकुल बाँस्कोटालाई काभ्रेमै बहिस्कार !