कुण्डलीमा मंगल दोष छ भने गर्नुहोस् यस्ता सरल उपाय, मंगलको दुष्प्रभावबाट मिल्नेछ छुटकारा !

कुनै व्यक्तिको जन्म कुण्डलीको १, ४, ७, ८, १२ औं भावमा मंगल अवस्थित छ भने मंगल दोष निर्माण हुन्छ। यस दोषका कारण, श्रीमान् र श्रीमतीमा सद्भावको अभाव रहन्छ। उनीहरु बीच विभिन्न समस्या उत्पन्न हुन थाल्छ। एक-अर्कासँग असन्तुष्ट रहन्छन्। जीवनसाथीको स्वास्थ्य प्रभावित हुन्छ। त्यसैले, कुण्डलीमा मंगल ग्रह मजबूत रहनु आवश्यक हुन्छ।

ज्योतिष शास्त्रमा कुण्डलीमा मंगल मजबूत गर्न वा मंगल दोषको प्रभाव कम गर्नको लागि उपाय बताइएको छ। यी उपाय निम्न अनुसार छन्…

१. रातो कपडामा सुप बेरेर तपाईंको बेडरूममा राख्नु पर्छ।

२. मंगल दोष भएको व्यक्तिले आफ्नो घर बनाउँदा घरमा रातो ढुंगा राख्नु पर्छ।

३. मंगलबारको दिन हनुमान जीको पूजा गरेर निधारमा रातो टिका ग्रहण गर्नुहोस्।

४. रातो कपडा लिनुहोस् र यसमा दुई मुठ्ठी दाल बाँधेर मंगलवार कुनै भिखारीलाई दान दिनुहोस्।

५. घरमा रातो फूल वा बोट विरुवा रोप्ने कुरामा ध्यान दिनुहोस्।

६. दाजु-भाईलाई मिठाई तथा मिष्ठान्न भोजन गराउँदा मंगल ग्रह शुभ रहन्छ।

प्रकाशित : सोमबार, मङि्सर ०८, २०७७१८:२६

हरेक मांगलिक कार्यमा पञ्चदेवको पूजा किन गरिन्छ त ? के हो यस्तो महत्व ? जान्नुहोस् !