प्रधानमन्त्रीद्वारा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमवार उद्घाटन गरेका छन् ।

घुन्सा फाउन्डेसनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमवार नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका थिए ।भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् ।

प्रकाशित : सोमबार, मङि्सर ०८, २०७७१४:०१

मलेसियामा नेपालीको बिजोक: कामको अध्याधिक लोडले ढल्छन् र छटपटाउँछन् ! [भिडियो]