काठमाडौँ : बिहिबार बिहान मोबाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
गएराति साथीको घरमा बस बस्न गएका मोरङको लेटाङ नगरपालिका-३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईलाई चार्जमा राखेर मोबाइल चलाउने क्रममा करेन्ट लागेको हो ।
सँगै सुतेका साथी सुरज राईले शौजन छट्पट गर्न लागेपछि बावुआमालाई बोलाएपछि करेन्ट लागेको आशंकामा घरको बिजुली बन्द गरिएको खुल्न आएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए ।
उनका अनुसार उक्त घटनाबारे सूचना पाएलगत्तै गएको प्रहरीको टोलिले बन्द अवस्थामा मोबाइल शौजनकै हातमा फेला परेको हो भने उनको घाँटी समेत डढेको थियो ।
प्रहरीले उनको शव पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा पुर्याई यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।