आचार्य चाणक्य एक कुशल र महान रणनीतिकार थिए। आफ्नो चाणक्य नीतिमा उनले भनेका नीतिहरू अत्यधिक प्रभावकारी र प्रासंगिक छन्। यदि कुनै व्यक्तिले वास्तविक जीवनमा यी नीतिहरू कार्यान्वयन गर्छ भने कुनै पनि कुराले उक्त व्यक्तिलाई सफलताको उचाइमा पुग्न रोक्न सक्दैन। चाणक्य नीतिका अनुसार हामीले कुनै पनि काम सुरु गर्नु अघि यी ५ कुराको ध्यान राख्नुपर्छ।
मजबूत योजना
आचार्य चाणक्यका अनुसार कुनै पनि काम सम्पन्न गर्न पहिले एउटा ठोस योजना बनाउन र त्यो योजनालाई सहि तरिकाले लागू गर्नु निकै आवश्यक हुन्छ। त्यसपछि मात्र मानिसले आफूले गरेको काममा सफलता प्राप्त गर्न सक्षम हुन्छ।
गोप्य नीति
काम अघि आफ्नो सबै नीतिहरू कसैसँग पनि साझेदारी नगर्नुहोस्। वास्तवमा चाणक्य नीति अनुसार यदि कुनै शत्रु वा विश्वासघातीले तपाईंको नीतिका बारे थाहा पायो भने तपाईंको लागि यो धेरै खतरनाक साबित हुनसक्छ। त्यसैले, यो कुरा सधैं ध्यानमा राख्नुपर्छ।
विश्वासयोग्य व्यक्तिको साथ
आचार्य चाणक्यले आफ्नो नीतिमा भनेका छन् कि विश्वसनीय व्यक्तिहरूलाई सँधै आफ्नो साथमा राख्नुपर्छ। तपाईंलाई विश्वास नभएको मानिसलाई कहिले पनि जिम्मवारी काम दिनु हुँदैन।
समझदारीका साथ खर्च
केहि मानिस पुरुषार्थले धन प्राप्त गर्छन् त केहि व्यक्तिले पैतृक सम्पत्ति पाउँछन्। तर दुबै अवस्थामा यदि मानिसले समझदारीका साथ खर्च गर्यो भने मात्र मानिस धनवान बन्न सक्छ। कामको सुरूवातमा यो ध्यानमा राख्नु धेरै महत्त्वपूर्ण छ कि पैसा बुद्धिमानीपूर्वक खर्च गर्नुपर्छ। अन्यथा यो भविष्यमा चिन्ताको कारण बन्न सक्छ।
श्रोतको पूरा उपयोग
चाणक्य नीतिका अनुसार संसाधनको पूर्ण उपयोग गरी आफ्नो उद्देश्य बनाउनुपर्छ। यदि आज तपाई आफ्ना श्रोतहरू राम्रोसँग प्रयोग गर्नुहुन्न भने भोली घाटा भोग्न तयार हुनुहोस्। सफल व्यक्ति सँधै आफ्ना श्रोतहरूको पूर्ण प्रयोग गर्दछ।