मेस्सी कि रोनाल्डो ? को बन्ला त २१ औं शताब्दीको बेस्ट ?

दुबई स्पोर्ट्स काउन्सिल र ग्लोब सकर अवार्डले संयुक्त रूपमा सन् २०१० यता हरेक वर्ष वर्षको उत्कृष्ट खेलाडीलाई ग्लोब सकर अवार्ड दिँदै आएको छ। कोभिड-१९ को वैश्विक महामारीको बीच यस वर्ष दुबई ग्लोब सकर अवार्डको एक विशेष संस्करण हुने भएको छ। यो वर्ष केवल २०२० को उत्कृष्ट खेलाडी मात्र नभएर २१ औं शताब्दीकै उत्कृष्ट खेलाडी पनि चुनिने भएको छ।

दुबई ग्लोब सकरका सीईओ टोमसो बेंडोनीले घोषणा गरेका छन, “यो विशेष संस्करण यस भाइरससँग लडिरहेका फुटबलका लगायत सबै नायकहरुलाई समर्पित छ।” उनका अनुसार पहिलो पटक यो वर्ष संसारभरका फ्यानले पनि भोट गर्न पाउनेछन्।

अवार्डका अन्तिम विजेताहरू संसारभर रहेका फुटबल प्रशंसकहरूको भोट र ग्लोब सोकर जूरीको भोटका आधारमा घोषणा गरिनेछ।

२०२० को उत्कृष्ट खेलाडीको मनोनयनमा गत ५ वर्षक विजेता क्रिस्टियानो रोनाल्डोका साथै लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की, सेर्जे गेनाब्री, काइरो इमोबिले, साडियो माने, करिम बेन्जामा र मार्किनियोस छन्। गत सिजन यो अवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका थिए।

त्यस्तै, यो वर्ष २१ औं शताब्दीकै उत्कृष्ट खेलाडीलाई पनि सम्मानित गरिने भएको छ। यसको लागि मनोनयन पनि सार्वजनिक भइसकेको छ। यस अवार्डको लागि लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेइमार लगायत २८ खेलाडी मनोनयनमा परेका छन्।

२१औं शताब्दीको खेलाडीको लागि मनोनित खेलाडी:

लियोनल मेस्सी

क्रिस्टियानो रोनाल्डो

नेइमार

जाभी

आन्द्रेज इनिएस्टा

रोनाल्डिन्हो

रोनाल्डो नाजारियो

किलियन एम्बाप्पे

मोहम्मद सलाह

ज्लाटन इब्राहिमोभिक

जिनेदान जिदान

लुइस फिगो

स्टेभन जेरार्ड

सेर्जियो रामोस

रोबर्ट लेवान्डोस्की

फिलिप लाहम

म्यानुएल नुएर

लुका मोड्रिक

काका

इकर क्यासिलास

जियानलुइजी बुफोन

फ्रान्क लाम्पार्ड

फ्रान्सिस्को टोटि

फाबियो कानाभारो

डेभिड बेकम

आन्द्रिय पिरलो

आर्जेन रोबेन

एन्ड्री सिभ्चेन्को

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१८:३१

“रोनाल्डोलाई क्लबले कुनै छुट्टै खास व्यवहार गर्दैन”