हरेक मांगलिक कार्यमा पञ्चदेवको पूजा किन गरिन्छ त ? के हो यस्तो महत्व ? जान्नुहोस् !

हिन्दू धर्मको प्रत्येक मांगलिक कार्य वा पूजा आदिमा पञ्चदेवको पूजा गर्ने विधान छ। पञ्चदेवको पूजा बिना कुनै पनि मांगलिक कार्य अपूर्ण मानिन्छ। पञ्चदेवको अर्थ के हो र कसरी आराधना गरिन्छ त? जान्नुहोस्…

पञ्चदेव 

विष्णु, शिव, गणेश, सूर्य र शक्ति। सूर्य, गणेश, दुर्गा, शिव र विष्णु; यस क्रममा पूजा गरिन्छ। अधिक विश्वासका अनुसार पञ्च देवहरु मध्ये सबैभन्दा पहिले सूर्य देवको पूजा गरिने प्रचलन रहेको छ। पछि यस प्रवृत्ति परिवर्तन भयो र पञ्च देवहरुको क्रम पनि परिवर्तन भयो र गणेशजी पहिलो पूज्य भए। तर धर्मशास्त्रले यो भन्छ

रविर्विनायकश्चण्डी ईशो विष्णुस्तथैव च।
अनुक्रमेण पूज्यन्ते व्युत्क्रमे तु महद् भयम्।।
अर्थ: यसको अर्थ यो हो कि पूजा गर्नेहरूले पञ्चदेवमा भगवान सूर्यको पूजा गर्नुपर्नेछ र त्यसपछि श्री गणेश, मां दुर्गा, भगवान शंकर र भगवान विष्णुको पूजा गर्नुपर्नेछ।
तर विद्वान लोकका तर्क अनुसार गणेश एक जल तत्वको रूपमा मानिन्छ, त्यसैले उनको बास जालमा रहेको मानिन्छ। श्री विष्णु वायु तत्व, शिवजी पृथ्वी तत्व, श्री देवी अग्नि तत्व र श्री सूर्य आकाश तत्व मानिन्छ। सूर्यलाई संसारको आत्मा भनिएको छ, तर पानी हाम्रो जीवनको लागि पहिलो आवश्यकता हो। तसर्थ, प्रथम पूज्य श्री गणेश मानिन्छ।
पञ्चदेवको पूजा 
प्रत्येक देवताको आफ्नै मन्त्र हुन्छ। जुनसुकै देवीदेवताको पूजा हुन्छ, त्यो भन्दा पहिले पञ्चदेवहरुको पूजा गर्नु आवश्यक छ। स्नानपछि पत्र, फूल, धूप आदि देवताहरूलाई अर्पण गर्नुपर्छ।
आदित्यं गणनाथं च देवी रुद्रं च केशवम्‌।
पंच दैवत्यामि त्युक्तं सर्वकर्मसु पूजयेत॥
अर्थ: सूर्य, गणेश, दुर्गा, शिव, विष्णु – यी पञ्चदेव हुन्। यी देवताको पूजा सबै मांगलिक कार्यमा गर्नुपर्छ।
प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१८:२९

कुनै काम सुरु गर्नु अघि ध्यान राख्नुहोस् यी ५ कुरा, कहिल्यै असफल हुनु पर्दैन !