दोलखा भीमसेनलाई निरन्तर आयो पसिना, पसिना पुछेको रुवा राष्ट्रपति कार्यालय पुर्याईने!

मङ्सिर ९ ।  दोलखास्थित  रहेको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई मंगलबार दिउँसो २ बजेदेखि निरन्तर पसिना आइरहेको छ ।भीमेश्वरको शिलामा पसिना आउनु देशमा अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यसपटक सम्म देवता भीमसेनलाई १८ औं पटक पसिना आएको हो। यसअघी २०७६ फागुन ८ गते भीमसेनलाई पसिना आएको थियो ।भीमेश्वरको शिलामा निरन्तर पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा गरेका छन् ।

धार्मिक मान्यताअनुसार भीमेश्वरको शिलाको दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने मानिन्छ । तर मंगलबार भने भीमेश्वरको शिलाको दायाँ र बायाँ दुवै भागबाट पसिना आएको बताइएको छ।

शिलामा आएको पसिना पुछेको रुवा राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । राजाको पालामा भने भीमेश्वरको शिलामा पसिना आउँदा  राजदरवारबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन थियो ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१४:५८

सबै भन्दा बढी विश्वास गरेका ईश्वर पोखरेलबाटै ओलीलाई धोका !