सबै भन्दा बढी विश्वास गरेका ईश्वर पोखरेलबाटै ओलीलाई धोका !

काठमाडौं, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले २०७९ को बैशाखमा अवकाश पाउने हुन् । उनको कार्यकाल अझै १७ महिना बाँकी छ । तर, उनीपछि आईजिपी हुनका लागि अहिलेदेखि नै चर्काे चलखेल देखिएको छ । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ।

यसरी करिब डेढ वर्षअघि नै अस्वभाविक चलखेल गर्ने अधिकारी हुन् विश्वराज पोखरेल । उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत उनले यस्तो चलखेल गरेर आफ्नो लागि एआईजीको दरबन्दी थप गराएपछि प्रहरी संगठनमा तरंग मच्चिएको छ ।

गृह मन्त्रालयको प्रस्तावविना नै मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को प्रशासन समितिका अध्यक्ष रहेका उपप्रधानमन्त्री पोखरेलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बाईपास गरी यस्तो निर्णय गराएका हुन् । यसमा बादल समेत असन्तुष्ट रहेको स्रोत बताउँछ ।

उपप्रधानमन्त्री पोखरेलले आगामी चुनावमा आफुहरु निकट व्यक्ति आईजिपी हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याएर एआईजीको दरबन्दी थप्ने प्रयास गरेका हुन् । त्यो त गत बैशाखमै पोखरेललाई एआइजी बनाउन उनले मरिहत्ते गरेका थिए । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रधानमन्त्री ओलीलाई त्यसले संगठनमा ठूलो असर पार्ने भन्दै रोक्न सफल भएका थिए । अहिले महानिरीक्षक क्षेत्रीलाई समेत थाहै नदिई पोखरेलले यस्तो खेल खेलेका छन् ।

तर, प्रहरी महानिरीक्षक क्षेत्री रिक्त एआईजी पदमा तत्काल बढुवा प्रक्रिया अघि नबढाउने पक्षमा छन् । स्रोतका अनुसार भावी आइजिीका दाबेदार रहेका डिआईजीद्वय सहकुल थापा र धिरजप्रताप सिंह पनि पोखरेलको बढुवा रोक्न लागिपरेका छन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर ०९, २०७७१५:४०

‘कोरोना खोप विश्‍व बजारमा आउनेबित्तिकै ल्याउँछौँ’