२०२० फिफा द बेस्ट अवार्डको पुरुष तर्फको मनोनयम सार्वजनिक भएको छ। रोबर्ट लेवान्डोस्की, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह लगतायत ११ जना मनोनयनमा पर्न साफल भएका छन्।
डिसेम्बर १७ मा आयोजना हुने अवार्डको पुरुष तर्फको फिफा द बेस्ट प्लेयरको लागि गत वर्षका विजेता बार्सिलोनाक कप्तान लगायत ११ जना खेलाडी सर्ट-लिस्ट भएका छन्। यूइएफे वर्ष खेलाडी घोषित भइसकेका बार्यन म्युनिखका रोबर्ट लेवानडोस्कीलाई यो वर्षको प्रमुख दावेदार मानिएको छ।
पोलिश स्ट्राइकरका साथै भर्जिल भानडाइक, साडियो माने, मोहम्मद सलाह, थियागो अलकानटारा, सेर्जियो रामोस, किलियन एम्बाप्पे, नेइमार र केभिन डि ब्रुएन पनि मनोनयनमा परेका छन्।
फिफा द वेस्ट मेन्स प्लेयर मनोनयन
लियोनल मेसी (अर्जेन्टिना/बार्सिलोना)
नेइमार (ब्राजिल/पिएसजी)
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्ट्स)
केलियन एमबाप्पे (फ्रान्स/पिएसजी)
थियागो अल्कान्टारा (स्पेन/वायर्न म्युनिख/लिभरपुल)
केभिन डे ब्रुना (बेल्जियम/म्यानचेस्टर सिटी)
रोबर्ट लेवान्डोस्की (पोल्यान्ड/वायर्न म्युनिख)
साडियो माने (सेनेगल/लिभरपुल)
सर्जियो रामोस (स्पेन/रियल म्याड्रिड)
मोहमद सलाह (इजिप्ट/लिभरपुल)
भर्जिल भान डाइक (नेदरल्यान्ड्स/लिभरपुल)