भारतको दिल्लीमा ९ वर्षीया बालिकामाथि दुष्कर्म गरि ज्यान लिएको पुष्टि …

काठमाडौँ : भारतको दिल्लीमा एक नेपाली बालिकाको करणीपछि ह-त्या भएको पुष्टि भएको छ ।

दिल्लीको शकरपुर लक्ष्मीनगर भन्ने स्थानमा बाजुराकी ९ वर्षीया बालिकाको घाँटी थि चेर ज्यान लिइएको हो ।

होस्टेलमा काम गर्दै आएकी बालिकाका परिवारले सँगै काम गर्ने भारतीय नागरिक वसिम अहमद (सोनु)ले आफ्नी छोरिको ज्यान लिएको आरोप लगाएपछि प्रहरीले सोहि अनुसार अनुसन्धान अघि बढाएको र पोष्टमार्टम रिपोर्टबाट सो कुरा पुष्टि भएको बताइएको छ ।

दुष्कर्म गरि  घाँटी थिचेको आशंकामा प्रहरीले सोहि होस्टेलमा काम गर्दै आएका सोनुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

भारतीय प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएपछि बालिकाको शव पोष्टमार्टम गरिएकोमा रिपोर्ट आएपछि घटनाबारे सत्यतथ्य बाहिरिएको हो ।

प्रकाशित : बिहिबार, साउन १६, २०७६०७:२२

चोरीमा फुच्चे ग्याङ् : एकैरात नौ पसलमा चोरी, ग्याङ्मा आमा पोइला गएका देखि बाबुआमा नभएका बालकहरु !