“नैतिकता छ भने भ्रष्टाचारको रक्षा गर्ने ओलीले पदत्याग गरुन्”

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्याग गर्न सुझाव दिएका छन्।

नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनले देखाएको विषयप्रति टिप्पणी गर्दै भट्टराईले ट्वीटर मार्फत ओलीलाई पदत्याग गर्न सुझाव दिएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भ्रष्टाचारका आरोपीको रक्षा प्रधानमन्त्रीले नै गर्ने गरेको भन्ने आरोप लागेपछि आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने बताएका छन्।

“प्रम ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ।”,उनले ट्वीटरमा लेखेका छन्।

साथै भट्टराईले शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनलोकपाल, आर्थिक विकास जस्ता संरचनात्मक सुधार नगरी भ्रष्टाचार नरोकिने पनि बताएका छन्।

भट्टराईले ट्वीटरमा लेखेका छन्,”अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न है: १ शासकीय स्वरूप २ निर्वाचन प्रणाली ३ जनलोकपाल ४ आर्थिक विकास।”

प्रकाशित : बिहिबार, मङि्सर ११, २०७७१२:०४

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना